Pages

मोवाइलका प्रयोगकर्ताहरु समस्यामा

बीरगंज ९ भदौ/ एनसेल मोवाइलका प्रयोगकर्ताहरु कम्पनीको प्राबिधीक गडबडीका कारणले निकै समस्यामा परेका छन ।

दुर्लभ सालक सहित पक्राउ

बीरगंज ८ भदौ/ प्रहरीले दुर्लम बन्यजन्तु सालक (मृत) सहित एक युवालाई पक्राउ गरेको छ । 

ट्रकको ठक्करबाट महिलाको मृत्यु

बीरगंज ८ भदौ/ मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पाठेघर क्यान्सरबारे छलफल

बीरगंज ८ भदौ/ महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर नहोस भन्ने उद्देश्यले पूर्व सतर्कता अपनाउदै खोप अभियानको बारेमा स्कुले छात्राहरुको अभिभावकसाग छलफल गरिएको छ ।

पौडी पोखरी सञ्चालन

बीरगंज ८ भदौ/ आगामी असोज १ गतेदेखि राष्ट्रिय पहिचान बनाएको शहिद स्मारका परिसरमा रहेको पौडी पोखरी (स्विमिङ्ग पुल) सञ्चालन हुने भएको छ ।

विद्यार्थीले हेटौंडामा तीज मनाए

बीरगंज ८ भदौ/ हेटौंडा र चितवनमा मोबाइल, ब्युटिपार्लर, बाासका मुढा बनाउने, स्टिल दराज बनाउने, डकर्मी सम्वन्धि तालिम लिएका प्रशिक्षक प्रशिक्षार्थीहरु सहित तीज विशेष कार्यक्रम मनाएका छन् ।

जनजाती महासंघको विरोध

बीरगंज ८ भदौ/ नेपाल आदीवासी जनजाति महासंघले दौरा सुरवाललाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको प्रति विरोध जनाएको छ ।

प्रमुखको कार्यकक्षमा तालाबन्दी

बीरगंज ८ भदौ/ ठाकुरराम कलेज वीरगंजका क्याम्पस प्रमुख कृपासिन्धु चौधरी तथा सहायक क्याम्पस प्रमुख कार्यकक्षमा विहीबारबाट अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

प्रशासन कार्यालय अगाडी धर्ना

बीरगंज ८ भदौ/ महिला दवाव समूहले शान्ति र सविधानका लागि महिला अभियान अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन ।

राज संस्थाको महत्व बारे गोष्ठी

बीरगंज ८ भदौ/ वर्तमान राष्ट्रिय परिवेशमा सम्बैधानिक राज संस्थाको महत्व र आवश्यकता बारे एक दिने विचार गोष्ठी आज वीरगंजमा सम्पन्न गरेको छ ।

लोडसेडिङ्ग प्राधिकरण शाखा (बारा)

बारा, ५ भदौं/ नेपाल बिधुत प्राधिकरण बारा शाखाले दैनिक २ घण्टा लोडसेङ्गको साथसाथै थप ३ देखी ४ घण्टा गरेको लोडसेडिङ्ग कारण यहाा बिधुत बाट चल्ने सबै ब्यापार चौपट हुने अवस्थामा आइसकेका छन् ।

प्रशासन कार्यालय घेराउ

बारा, ५ भदौं/ शान्ति र सविंधानको लागि दवाव दिने उद्देश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन बाराको आयोजनामा आज १ घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।

चौपाया र पशुपंक्षी बरामद

वीरगंज ५ भदौ/ शस्त्र प्रहरीले गत आर्थि बर्षमा जिल्लाको बिभिन्न नाकाबाट ठूलो संख्यामा पशुपंक्षी तथा चौपाया बरामद गरेको छ ।

पानीमा डुबेर दुईबालिकाको मृत्यु

वीरगंज ५ भदौ/ भारतको पूर्वी चम्पारणको हरसिद्धि थाना अन्तर्गत रानी छपरा स्थित भखुवा नदीमा डुवी एकै परिवारका दुईबालिकाको मृत्यु भएको छ ।

एक दिने अन्तरक्रिया कार्यक्रम

वीरगंज ५ भदौ/ अपाङ्घता भएका व्यक्तिको सवालमा सरोकारवालाहरुको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

काठ सहित ६ जाना नियन्त्रण्मा

वीरगंज ५ भदौ/ सशस्त्रप्रहरी जिल्ला बन कार्यालयको सयुंक्त गस्तिटोलीले आज बाराको हलखोरीया जगलबाट एक टयाक्टर सहित ६ जाना काठतस्करलाई नियन्त्रण्मा लिएका छन ।

अनेरास्ववियु द्धारा धर्ना

वीरगंज ५ भदौ/ शान्ति र सविधान निर्माणका लागि दबाब स्वरुप आज अनेरास्ववियु पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी १ घण्टा प्रर्दशन सहित नाराबाजी गरेका छन ।

एक टन गाजा बरामद

वीरगंज ५ भदौ/ नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको संयुक्त गस्ती टोलीले गएराती पर्साको धोवनी गाविसको विभिन्न दुइवटा घरमा छापामारी गरी करिब एक टन गाजा बरामद गरेको छ ।

शुभजन्मोत्सवमा विभिन्न कार्यक्रम

वीरगंज ५ भदौ/ राष्ट्रिय सरोकार मंच नेपाल पर्साले पूर्व श्री ५ बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको ८४ औ शुभजन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

श्रीकृष्ण जन्माष्टमी शुरु

बीरगंज ४ भदौ/ श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज वीरगंज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण कृष्ण मन्दिरमा भक्तजनहरुले पूजा अर्चना गरेका छन् ।

शुभजन्मोत्सवमा माल्यापर्ण

बीरगंज ४ भदौ/ नेपाल राष्ट्रवाद संघ पर्साले पूर्व बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको ८४ औ शुभजन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आयआर्जनका लागि चेक हस्तान्तरण

बीरगंज ४ भदौ/ पर्साको बस्डिलवा गाविस ३ मा गठन भएको जयलक्ष्मी सामुदायिक संस्थालाई आज गरिबी निवारण कोष कार्यक्रम अन्तरगत आय आर्जन गर्नको लागि चेक हस्तान्तरण गरिएको छ ।

ज्नमाष्टमीमा बृक्षारोपन

बीरगंज ४ भदौ/पर्सा जिल्लाको सुर्जाहा गाविस स्थित रहेको रामकृष्ण मन्दिरमा आज समाज सुधार तथा सांस्कृतिक उत्थान केन्द्र सुर्जाहाकट्टिले बृक्षारोपन गरेको छ ।

यादव पलबाट निष्कासित

बीरगंज ४ भदौ/ नेपाल प्रेस युनियन बाराले आज सो युनियनका कोषाध्यक्ष उपेन्द्र यादवलाई युनियनको हित विपरित कार्य गरेको जनाउंदै युनियनको साधारण सदस्य पदबाट समेत निष्कासित गरेको छ ।

सामुदायीक द्वारा रक्तदान

बीरगंज ३ भदौ/ कृष्ण जनमाष्टीको अवसरमा रक्तदान दान कार्यक्रम आज मुर्ली १६ मा सम्पन्न भएको छ ।

नेपाल टेलिकमको सेवा अवरुद्ध

बीरगंज ३ भदौ/ बाराको सिम्रौनगढ इलाकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएका कारण उपभोक्ताहरु मर्कामा परेका छन ।

चार ठुलापुलको शिल्यान्यास

रौतहट ३ भदौ/ जिल्लाका दुई स्थानहरुमा शनिवार दुई पुलहरुको शिलान्यास गरीएको छ, भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले विश्रामपुर तथा कटहरीयामा दुई पक्की पुलको शिलान्यास गरेका हुन ।

तीज कार्यक्रमको आरम्भ

बीरगंज ३ भदौ/ फेमिना ब्युटी पार्लर, सालुज ब्युटी पार्लर र ऐश्वर्या ब्युटी पार्लर बीरगंजको संयुक्त आयोजनामा मिसेज तीज प्रतियोगिता आज बीरगंजमा सम्पन्न भएको छ ।

सामुदायीक संस्थालाई चेक हस्तान्तरण

बीरगंज १ भदौ/ गरिबी निवारण कोष कार्यक्रम अन्तरगत पर्साको वगही गाविस ४ मा गठन भएको राधिका सामुदायिक संस्थालाई आय आर्जन गर्नको लागि चेक हस्तान्तरण भएको छ ।

श्रीमद भागवद सप्ताह आज देखी शुरु

बीरगंज १ भदौ/ श्री नेपाल राष्ट्रिय लक्ष्मन शाह चन्द्रज्योती माध्यमिक विद्यालय रगंपुर टाडी पर्सामा श्रीमद भागवद सप्ताह ज्ञानमहायज्ञ आज देखि शुरु भएको छ ।

पत्रकारिता पुरस्कार श्रेष्ठलाई

बीरगंज १ भाद्र/  बीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिक आज २५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १ भदौ/ बीरगंजको स्थानिय पत्रीका प्रतिक दैनिक आफनो २४ बर्ष पुरा गरि २५ औ बर्षमा प्रबेश गरेको छ ।

लागु औषध गाँजा बरामद

बीरगंज ३२ श्रावण/ पर्साको निर्मल बस्ती गाबिसबाट प्रहरीको संयुक्त गस्ती टोलीले गएराती ठुलो परिमाणमा अबैध लागु औषध गाँजा बरामद गरेको छ ।

बीरगंज अधिकान्स भाग डुबानमा

बीरगंज ३२ श्रावण/ बीरगंज उपमहानगरपालिकाको चरम लापवाहीका कारण नगरवासिहरु मर्कामा परेका छन ।

युनिकद्धारा रक्तदान कार्यक्रम















बीरगंज ३१ श्रावण/ युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरगंज चौथो बर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी २१ जनाले रक्तदान गरेका छन् ।

करबिवरण दर्ता गर्न इन्कार

वीरगंज, ३१ श्रावण/ मूल्य अभिवृद्धि कर ऐनमा प्रत्येक महिनाको २५ गते सम्ममा करदाताहरुले आफ्नो मासिक विवरण आन्तरिक राजस्व कार्यालयमा दर्ता गराउनु पर्ने व्यवस्था छ ।

जालिम मिया प्रहरी हिरासतमा

बीरगंज ३१ श्रावण/ एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष जालिम मियालाई प्रहरीले पक्राउ गरेको छ ।

बिधुत समस्याको मारमा कलैया

बारा ३० श्रावण/ प्रमुख राजनीतिक दलहरु सत्ता केन्द्रित राजनीतिमा रुमलिने कारणले गर्दा राजनीतिक दलहरु सत्ता भन्दा बाहिर निस्किन सकेका छैनन् ।

चरणबद्ध संघर्षमा

बारा ३० श्रावण/ नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघमा आबद्ध चार संघ सम्बद्ध यातायात ब्यवसायीहरुले आज विरगंजस्थित नारायणी अन्चल यातायात व्यवस्था कार्यालयमा धर्ना दिएका हुन ।

६५ औ गणतन्त्र दिवस सम्पन्न


















बीरगंज ३० श्रावण/ ६५ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत आशुतोष कुमार अग्रवालले झण्डोतोलन गर्नु भएको छ ।

चार ट्रयाक्टर धान बरामद

बीरगंज ३० श्रावण/  पर्साको सम्भौता गाबिसबाट आज बिहान प्रहरीले चार ट्रयाक्टर भारतीय धान बरामद गरेको छ ।

अस्थाई प्रहरी बिटको शिलान्यास

बीरगंज ३० श्रावण/ बीरगंज उमहानगरपालिका वडा नम्बर १ छपकैमा निर्माण हुन लागेको अस्थाई प्रहरी बिटको आज शिलान्यास गरिएको छ ।

दुई दिने क्षेत्रीय गोष्ठी सम्पन्न

बीरगंज २९ श्रावण/  सानो पाइलाको सहयोग तथा अमेरिकन दुतावासको नेपाल युवा परामर्श परिषद पर्साको आयोजनामा दुई दिने क्षेत्रीय गोष्ठी आज देखी बीरगंजमा शुरु भएको छ ।

आवत जावत गर्न समस्या

बीरगंज २९ श्रावण/ जिल्ला बिकाश समितीको लपरवाहीका कारण पर्साको पोखरीया सडक खण्डमा यातायातको साधनमा बटुवाहरुलाई आवत जावत गर्न समस्या भएको छ ।

काब्य यात्रामा चारजना सम्मानीत













बीरगंज २८ श्रावण/  १८१ औं प्रभात काब्य यात्रा पर्साले १६ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज वीरगंजका चार जनालाई सम्मानित गरेको छ ।

सहकार्यमा जोड

बीरगंज २७ श्रावण/ विद्यार्थी जागरण मन्च पर्साको आयोजनामा शुक्रबार सरोकारवालाहरुसंगको समन्वय बैठक सम्पन्न भयो ।

यादवको मोटरसाईकल चोरी

बीरगंज २७ श्रावण/ बीरगंज उपमहानगरपालीका वडा नम्बर १६ फुलवारी टोल बस्ने दिनेश यादवको आज ना ४ प ५९५८ नम्बरको कालो रंगको स्पलेण्डर मोटरसाईकल घर अगाडीबाटै चोरी भएको छ ।

प्रहरी द्वारा लागु औषध नष्ट
















बीरगंज २७ श्रावण/ पर्सा प्रहरीले बिभिन्न मितीमा बरामद गरेको लागु औषधहरु आज जलाएर नष्ट गरेको छ ।

बाढी रोक्न बाँस र अमृसो

बीरगंज २६ श्रावण/ जिल्ला भु–संरक्षण कार्यालयको सहयोगमा कटान रोक्न वृक्षारोपण सम्पन्न भएको छ ।

अपाङ संघमा ढुंगाना

बीरगंज २६ श्रावण/ अपाङ सेवा संघ गाँउ ईकाई समिति डुमरवाना विघटन भई नयाँ समितिमा ठाकुर प्रसाद ढुंगाना चयन भएका छन् ।

दुई बर्ष पछि बिधालय संचालन

बीरगंज २६ श्रावण/ शिक्षकहरुको बिवादका कारण २ बर्ष देखी बन्द रहेको पर्साको र्झावागुठी गाबिस स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आज देखी पठन पाठन शुरु भएको छ ।

परिचयात्क कार्यक्रम

बीरगंज २६ श्रावण/ नेपाल स्काउट परिषद जिल्लाको परिचयात्क कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ ।

आगलागीबाट लाखौको क्षती

बीरगंज २६ श्रावण/ त्रिवेणी टेक्सटाइलमा आज बिहान आग लागि भएको छ ।

श्यामबाबालाई निशान चढाए

बीरगंज २५ श्रावण/ बीरगंजमा बसोबास गर्ने मारवाडी समुदायले श्याम झुला महोत्सवको अवसरमा आयोजना गरेको ५१ घण्टे झुला महोत्सव आज समापन गरेका छन् ।

सार्वजनीक अपराधमा वकिल थुनामा




















बीरगंज २५ श्रावण/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने कानुन ब्यवसायी अधिवक्ता दिनानाथ साहले पैसा लेनदेनको बिषयलाई लिएर आज पर्सा जिल्ला अदालत अगाडी एक ठेकेदार गणेश साहलाई कुटपिट गरि घाइते बनाएका छन ।

समय ब्यवस्थापन बारे प्रशिक्षण

बीरगंज २५ श्रावण/ समयलाई कसरी ब्यवस्थापन गर्ने बिषय सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज बीरगंजको स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।

कुरुप बन्दै कलैया

बारा २५ श्रावण/ बारा जिल्लाको सदरमुकामको रुपमा रहेको कलैया नगरपालिकाको भरत चोक अवस्थित शहरिकरण तथा चोक वरपरको अवस्थित पसलको कारण कुरुप बन्दै गइरहेका छ ।

सचेतना केन्द्रहरुमा सामाग्रि वितरण

बारा २५ श्रावण/ जिल्ला बिकाश समिति अन्तरगतको स्थानिय शासन तथा सामुदायिक बिकाश कार्यक्रमको सहयोग तथा बारा उत्थान सेवा केन्द्रको आयोजनामा बारा जिल्लाका विभिन्न ५ वटा गा.वि.स.हरुका नागरिक सचेतना केन्द्रहरुमा दैनिक जिवनयापनका उपभोग्य बस्तुहरु वितरण गरिएको छ ।

बिधुतको लाईन काटियो

बारा २५ श्रावण/ बाराको सदमुकाम कलैया स्थित कर कार्यालय तथा कलैया नगरपालिकाले बुझाउनुपर्ने बिधुत कार्यालयको बिधुत महसुल नबुझाएको कारण आज देखी दुइटै कार्यालयको बिधुत लाईन काटिएको छ ।

ट्रिपरको ठक्करबाट एक घाइते

बारा २५ श्रावण/ हुलाकी सडक खण्ड स्थित बाराको बरियापुरबाट कलैयातर्फ जादै गरेको एक ट्रिपरको ठक्करबाट एक बालिका गम्भिर घाईते भएकी छन् ।

दुई ठाँउमा बम निष्कृय

बीरगंज २५ श्रावण/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १८ लक्ष्मणवा चोकस्थित पिपरामठ जाने बाटोमा भेटिएको बिष्फोटक पदार्थलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

खानेपानीको लापरवाही

बीरगंज २५ श्रावण/ जिल्ला खानेपानी संस्थानको लापरवाहीका कारण सेवाग्राहीहरु मर्कामा परेका छन ।

सक्रिय साप्ताहिक चौथो बर्षमा

हेटौडा २४ श्रावण/ हेटौडाबाट हरेक बुधवार प्रकासित हुदै आईरहेको सक्रिय राष्ट्रिय साप्ताहिक तेश्रो वर्ष सफलता पूर्वक पुरा गरी चौथो  बर्षमा प्रवेश गरेको छ  ।

श्याम झुला महोत्सव शुरु

बीरगंज २४ श्रावण/ श्याम नवयुवक मण्डलले आज देखि वीरगंजको अलखियामठ नजिक रहेको टिवडेवाला धर्मशालामा १५ औं श्री श्याम झुला महोत्सव भव्यताका साथ आयोजना गरेको छ ।

सुतली बम फेला

बीरगंज २४ श्रावण/ बाराको कलैया नगरपालिका वडा नम्बर ५ मा आज बिहान एउटा सुतली बम फेला परेको छ ।

एक दिने सेमिनार सम्पन्न













बीरगंज २३ श्रावण/ डिजाईनिङ्ग योर फयुचर सम्बन्धी एक दिने सेमिनार आज बीरगंजको स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।

स्थापना दिवसमा प्रभात फेरी

बीरगंज २३ श्रावण/ नेपाल आदिवासी जनजाती पत्रकार संघको १३ औ स्थापना दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालेको छ ।

ऐतिहासिक पर्यटकीय सम्बन्धी गोष्ठी












बीरगंज २३ श्रावण/  राजा विना नेपालमा संबिधान बन्न नसकिने एक कार्यक्रम विच स्वतन्त्र नागरिक समाजका राष्ट्रिय अध्यक्ष मेघराज सहनीले बताउनु भएको छ ।

योजना तर्जुमा गोष्ठि सम्पन्न

बीरगंज २२ श्रावण/  सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत विकास तालीम समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।

भ्रष्टाचार न्युनिकरणका लागि गोष्टी













बीरगंज २२ श्रावण/ अपराध र भ्रष्टाचार सम्बन्धमा राष्ट्रिय सेवक र जनताको दायित्व बिषयक बिचार गोष्टी आज बीरग.जमा सम्पन्न भएको छ ।

स्वेच्छा भईन पहिलो मिस नारायणी’












बीरगंज २२ श्रावण/ वीरगंज १५ की १६ बर्षिया स्वेच्छा शाह पहिलो मिस नारायणी भएकी छिन् ।

संविधान बन्न नसक्नु मुलुकको र्दुभाग्य हो : अध्यक्ष महतो
















बीरगंज २२ श्रावण/  सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महताले मुलुकको राजनितिक अवस्था जनताको आकांक्षाको ठिक विपरित गईरहेको बताउनु भएको    छ ।

नागरिकको काम समयमै गर्न माग

वीरगंज २१ श्रावण/ आठ राजनीतिक यूवा संगठन बाराले जिल्लाको बिभिन्न सरकारी कार्यालयहरुमा भइरहेको ढिलासुस्ती, अनियमितता तथा कर्मचारी अनुपस्थितीले सरकारी कार्यालयहरु प्रति आम नागरिकको नाकारात्मक सोच भइरहेको कारण नागरिकको काम समयमै गर्न मांग गरेकोछ ।

सात जना लेखापरीक्षक सम्मानित

वीरगंज २१ श्रावण/ नेपाल अडिटर्स एशोसिएशन (अडान) को छैठौं स्थापना दिवसको अवसरमा अडान पर्साले जिल्लाका सात लेखा परीक्षकहरुलाई सम्मानित गरेको छ ।

सहकारी संस्थाको उदघाटन

जीतपुर २१ श्रावण/ बारा जिल्लाको उत्तरमा रहेको अमलेखगञ्जमा अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज उदघाटन भएको छ ।

नेतृत्व बिकास प्रशिक्षण

वीरगंज २१ श्रावण/ बाराको कलैयामा आज नेतृत्व क्षमता बिकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति समिति गठन

वीरगंज २१ श्रावण/ बाराको प्रस्टोकामा आज गाविस स्तरीय शान्ति समिति गठन भएको छ ।

रक्तदान सम्पन्न

वीरगंज २१ श्रावण/ रक्त संचार केन्द्र बीरगंजमा रगतको अभाव देखिएका कारण ग्रामीण बासिन्दा बिकाशमा सहभागी नामक संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिधार्थी फ्रन्टको चौथो स्थापना दिवस

वीरगंज २१ श्रावण/ तराई मधेश लोकतान्त्रीक पार्टीको भातृ संगठन तराई मधेश बिधार्थी फ्रन्ट बीरगंजले आज आफनो चौथो स्थापना दिवस मनाएको छ ।

गोली प्रहारबाट शिक्षक घाइते

बीरगंज २० श्रावण/ बारामा अज्ञात समुहले प्रहार गरेको गोलि लागेर एक शिक्षक घाईते भएका छन् । शुक्रबार साझ सपही गाविस ५ स्थित घर जाने क्रममा उनमाथि गोलि प्रहार भएको हो ।

राहत शिक्षक द्धारा ज्ञापन

वीरगंज २० श्रावण/ नेपाल राहत शिक्षक जिल्ला संघर्ष समिति पर्साले आज राहत शिक्षकहरुको लागि पोशाक भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै जिल्ला शिक्षा कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन ।

लागु औषध सहित एक पक्राउ

वीरगंज २० श्रावण/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध टिटी ईन्जेक्शन सहित पक्राउ गरेको भारत विहार मोतिहारी आदापुर निवासी डव्लु सिंहलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई आवश्यक कारवाहीको पक्रृया अगाडी बढाईएको छ ।

तीन महिने टेलिभिजन तालिम

वीरगंज २० श्रावण/ साना व्यवसाय परामर्श केन्द्र वीरगंजले आयोजना गरेको कलर टेलिभिजन रिसिर्भर टेक्नीसियन सम्बन्धी तीन महिने तालिमको आज पं्रशिक्षण गरिएको छ ।

गाजा सहित दुई पक्राउ

वीरगंज २० श्रावण/ लागु औषध गाजा सहित वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले आज दुईजनालाई पक्राउ गरेको छ ।

देश अहिले गम्भीर संकटको अवस्थामा पुगेको मन्त्री महासेठको दावी

















– प्रणय कुमार
बीरगंज २० श्रावण/  सिचाई मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनालमाथि पार्टीले गर्ने भनिएको कारवाही हल्लामात्रै भएको बताउनु पार्टीका केही नेताहरुले अध्यक्ष माथि कारवाही हुने भनेर अनावश्यक हल्लामात्र रहेको बताउनु भएको छ ।

सातदिने मैनबत्ती तालीम शुरु














बीरगंज १९ श्रावण/ श्री नेपाल महिला कल्याण संस्थाको सहयोगमा तथा महिला तथा बालबालीका बिकाश संस्थाको आयोजनामा सात दिने मैनबत्ती तालीम आज बीरगंजमा भएको छ ।

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने

बीरगंज १९ श्रावण/ स्थानिय बिकाश मन्त्री उर्मीला अर्यालले स्थानिय तहमा बिगतका दिनहरुमा भएको जे जस्ता गल्तीहरुलाई समीक्षा गर्दै त्यसलाई बिर्सेर नयाँ बिकाश कार्य योजनामा लाग्नु पर्ने बताउनु भएको छ ।

युवाको भुमिका बिषयक अन्तरकृया












बीरगंज १९ श्रावण/ पब्लिक पोलिसी पाठशालाको आयोजनामा लोकतन्त्रमा नेपाली युवाहरुको भुमिका बिषयक एक दिने राष्ट्रयब्यापी कार्यशाला आज बीरगंजमा सम्पन्न भएको छ ।

१४ बर्षपछि स्वीमिङ्गपुलको उदघाटन
















बीरगंज १८ श्रावण/ स्थानीय बिकास मन्त्री श्रीमती उर्मिला अर्यालले पब्लिक, प्राइभेट र पार्टनरशिपको अवधारणालाई हामीले बहुदलिय ब्यवस्था प्राप्त भएदेखि नै लागु गर्न सकेको भए आज सबै सरकारी उधोगहरु धरासायी हुने थिएन भनेर बताईन् ।

घुस लिंदै गर्दा अधिकृत पक्राउ

बीरगंज १८ श्रावण/ यातायात व्यवस्था अंचल कार्यालय नारायणी बीरगंजका शाखा अधिकृत गणेश ज्ञवालीलाई आज पर्सा प्रहरीले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

ब्राउन सुगर सहित एक पक्राउ

बीरगंज १८ श्रावण/ सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले आज ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

अदालतको आदेश अवज्ञा

बीरगंज १८ श्रावण/ नारायणी उप–क्षेत्रिय अस्पताल विकास समिती बीरगंजले अदालतको आदेश पनि अवज्ञा गरेको साझा स्वास्थ्य संस्थाले जनाएको छ ।

अनिश्चतकालीन सवारी साधान ठप्प

बीरगंज १८ श्रावण/ बीरगंज कलैया सडक खण्ड अन्तरगत पर्ने समपुर्ण सवारी साधानहरु हिजो देखी अनिश्चतकालका लागि बन्द भएका छन ।

एक दिने फ्रि सेमिनार















वीरगंज १७ श्रावण/ मिथिला एजुकेशन कन्सटेन्सी प्रालिको आयोजनामा श्रीराम ईन्स्च्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी नोयेडाले वीरगंजमा आज एकदिने फ्रि सेमिनारको आयोजना गरेको छ ।

हरेक गाबिसमा कृषक पाठशाला गठन

हेटौडा १७ श्रावण/ हेटौंडा ८ किरण चोकमा सञ्चालित चार महिने एकीकृत बाली सत्रुजिब ब्यवस्थापन (आईपीएम) कृषक पाठशाला तालिम आज समापन भएको छ । कार्यक्रम हेटौंडा नगरपालिकाको सहयोगमा आयोजना भएको हो ।

चौकी निर्माण गर्न समिति

वीरगंज १७ श्रावण/ कोल्हवी गाविसस्थित इलाका प्रहरी कार्यालयको पक्की भवन निर्माण गर्न उद्योग बाणिज्य संघ कोल्हवीका अध्यक्ष संजय साहको अध्यक्षतामा ३१ सदस्यीय सर्वपक्षिय निर्माण समिति गठन भएको छ ।

जनलेखा परीक्षण कार्यक्रम

वीरगंज १७ श्रावण/ जिल्ला वन कार्यालयले सार्वजनिक सुनुवाई तथा जनलेखा परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।

यौनदुर्ववहार आरोपमा पक्राउ

वीरगंज १७ श्रावण/ बालिकामाथि यौन दुव्यवहारको आरोपमा  डुमरवाना गविस ७ स्थित टागियावस्तिका बासिन्दाले वीरगंज उपमहानगरपालिका ५ बस्ने  ३५ बर्षिय संजय श्रेष्ठलाई समातेर शुक्रवार दिउसो इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएका छन ।

दुर्घटनामा ४ सय ३६ को मृत्यु

वीरगंज १७ श्रावण/ अघिल्लो एक बर्षभित्र मध्यमाञ्चल विकास क्षेत्रका १६ जिल्लामा सडक दुर्घटनामा परी ४ सय ३६ ले ज्यान गुमाएका छन ।

अनिश्चितकालिन यातायात बन्द

वीरगंज १७ श्रावण/ मजदुरलाई कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै सदरमुकाम कलैयाका यातायात मजदुरहरुले आज देखी अनिश्चितकालिन यातायात बन्द गरेका छन ।

विदामा पनि कक्षा संचालन

वीरगंज १७ श्रावण/ एसएलसी परीक्षामा अत्याधिक विद्यार्थी उतीर्ण बनाउन कलैया नगरपालिकास्थित नेपाल राष्टिय उच्च माध्यमिक विद्यालय मदर्सामा बर्षे विदामा पनि कक्षा संचालन गरिएको छ ।

तीन दिने तालीम सम्पन्न

वीरगंज १७ श्रावण/ पर्साको प्रशुरामपुरमा पशुपालन सम्बन्धी तीन दिने तालीम आज सम्पन्न भएको छ ।

आठ कविन्टल गाँजा पक्राउ

वीरगंज १७ श्रावण/ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आज पर्साको बिश्रामपुर गाबिसबाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।

बैकका निर्देशकको कार्यकक्षमा तालाबन्दी

वीरगंज १७ श्रावण/ बिभिन्न २८ सुत्रीय माग राख्दै अन्दोलनरत कृषि बिकाश बैकका कर्मचारीहरुले आज बैकका क्षेत्रीय कार्यालय बीरगंजका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन ।

राईफल बरामद

बीरगंज १६ श्रावण/ प्रहरीले सोनबर्षा ८ कन्चनपुरका मुलजिम अंसारीको घरबाट सोमबार छापा मारेर एक थान राइफल बरादम गरेको छ । .........

लगु औषध सहित दुई पक्राउ

वीरगंज १६ श्रावण/ प्रतिबन्धीत लागु औषध टिडि जेसिक सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ............

शान्ति प्रक्रिया पुरा गर्ने समयसीमा सहितको प्रतिबद्धता आए संसद अवरोध अन्त्य : केसी

काठमाडौ, १६ श्रावण/   नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया निश्कर्समा पुर्याउने निश्चित समयसीमा सहितको खाका ल्याए काग्रेसले   संसदको अवरोध अन्त्य गर्ने बताएका छन् । ..............

हामिले अभियान सुरु गरेपछि राजेन्द्र महतो पनि बढारिन्छन: अनिल झा

काठमाडौं १६ श्रावण/ सदभावना पार्टीबाट विभाजित गरेर संघीय सदभावना पार्टी गठन गरेका सभासद अनिल झाले आफ्नो पार्टीले संगठन निर्माण र भण्डाफोर अभियान सुरु गरे सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेत राजनीतिबाट बढारिने दावी गरेका छन् । .............

आकाशेपुल बनाउन नरोकिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं १६ श्रावण/  करोडौं रुपैंयाको चलखेल गर्दै काठमाडौं महानगरपालिकाले राजधानीको  विभिन्न ठाउामा आकाशेपुल बनाउन इन्नोभेटिभ कन्सेष्ट नामको ठेकेदार कम्पनीलाई १८ वर्षका लागि लिजमा सम्झौता गरि आकासे पुल बनाउन सुरु गरेको प्रति असन्तुष्टी प्रकट गर्दै आकाशेपुल संयुक्त संघर्ष समितिले कुनै पनि हालतमा बनाउन नदिने चेतावनी दिएको छ । ................

करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने















बीरगंज १६ श्रावण/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्र र सामाजिक विकासमा पुर्याएको योगदानलाई सम्मान गर्दै यसको प्रभावकारी प्रवद्र्धनका लागि राज्यले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गर्न र करमुक्त क्षेत्र घोषणा गर्न सरकारसंग मांग गर्नु भयो । ...............

माक्र्सबादीको बैठक सम्पन्न

बारा १५ श्रावण/ नेकपा संयुक्त माक्र्सबादी केन्द्रीय कमिटिको बैठक बाराको कचोर्वामा सम्पन्न भएको छ । ...........

देश संक्रमणकालमा फसेको छ

बारा १५ श्रावण/ समयमा संबिधान निर्माणका लागि राजनीतिक दलले गरेका प्रयास बिषय एक दिने छलफल कार्यक्रम आज बाराको सदरमुकाम कलैयामा सम्पन्न भएको छ । .............

युवा स्वरोजगार कोष कार्यक्रम

सिमरा, १५ श्रावण/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष मीनराज कंडेलले नेपाल सरकारको युवा स्वरोजगार कोषको कार्यक्रम सहकारीमार्फत प्रभावकारी ढंगले कार्यान्वयन हुने बताउनुभयो । .............

पर्सामा किङ कोब्रा फेला पर्‍यो



















बीरगंज १५ श्रावण/ पर्साको ठोरी गाबिस वडा नम्बर ८ गौतम नगरमा आज बिहान किङ कोब्रा जातको बिषालु सर्प फेला परेको छ । ............

पर्सा वन्यजन्तु आरक्षमा बाघ घट्यो

बीरगंज १५ श्रावण/ सरकारले आगामी १० बर्ष भित्र पाटे बाघको संख्या दोब्बर पार्ने लक्ष्य राखेको भएपनि पर्सा वन्य जन्तु आरक्षमा भने बाघको संख्या घटेर तीनमा झरेको छ । ..........

११ जना रोगी फेला पर्‍यो

वीरगंज १५ श्रावण/ लायन्स क्लब अफ वीरगंजले बीरगंज कारागारमा आयोजना गरेको स्वास्थ्य शिविरमा २ सय १० जना कैदी बन्दीहरुको चिनी रोगको स्वास्थ्य परिक्षणमा पुरुष तर्फ १० जनामा फेला परेको छ भने महिला तर्फ २४ जना मध्ये १ जनामा फेला परेको लायन्स क्लब अफ वीरगंजका अध्यक्ष प्रमोद कुमार कलवारले बताउनु भयो । ..........

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

बीरगंज १५ श्रावण/ विषालु सर्पको टोकाईबाट गएराती वीरगंजमा एक महिलाको मृत्यु भएको छ । .........

पर्यटन बोर्डद्वारा अन्तरकृया

बीरगंज १५ श्रावण/  पर्सा बन्यजन्तु आरक्ष क्षेत्रभित्र र आसपासका क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु आउने प्रबल समभावाना रहेपनि पर्यटकहरुलाई चाहिने आवश्यक पुर्वाधार नभएको कारण पर्यटकहरु आउन नचाहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन । ............

लगु औषध सहित २ पक्राउ

वीरगंज १५ श्रावण/ प्रतिबन्धीत लागु औषध टिडि जेसिक सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ..........

मिडिया सम्बन्धमा अन्तक्रिया

हेटौंडा १५ श्रावण/ रिसु मिडिया एण्ड आर्टसले आज गायक हिमाल सागर तथा डिजराज पौडेल र स्वर सारथीका सहभागीहरु बीच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ............