वीरगंज १७ श्रावण/ मिथिला एजुकेशन कन्सटेन्सी प्रालिको आयोजनामा श्रीराम ईन्स्च्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी नोयेडाले वीरगंजमा आज एकदिने फ्रि सेमिनारको आयोजना गरेको छ ।
कन्सटेन्सीले वीरगज स्थित जिल्ला बाल कल्याण समितीको सभाकक्षमा आयोजित सो सेमिनारमा कलेजका एडमिशन चेयरमैन जेके त्रिपाठीले विद्यार्थीहरुको भविष्यको लागि म्यानेजमेन्ट पठने विद्यार्थीहरुलाई सो शिक्षाको बारेमा जानकारी दिने उदेश्यले एक दिने फ्रि सेमिनारको आयोजना गरिएको बताउनु भयो । सेमिनारमा कलेजका एडमिशन चेयरमैन जेके त्रिपाठीले कलेजमा सत प्रतिशत रोजगारीको अवसर हुने र ईनटरनेट वाईफाई कलेज भएको हुनाले भर्नाहुने विद्यार्थीहरुको लागि शिक्षामा विकास पुगोस भनी प्रत्येक छात्रछात्राहरुलाई निशुल्क एकथान ल्यापटप समेत दिने बताउनु भयो । एमविए भर्नाका लागि करिब १ लाख २० हजार फि रहेकोमा अध्ययरत अवस्थामै ठूल्ला ठूला उद्योगहरुमा भ्रमण गराई विद्यार्थीहरुको शिक्षामा विकास समेत गराउने बताउनु भयो । दिउसो २ बजे देखी शुरु भएको सो सेमिनार साँझ ६ बजे सम्म चल्ने आयोजकले जनाएको छ ।

No comments:
Post a Comment