वीरगंज २० श्रावण/ लागु औषध गाजा सहित वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले आज दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रक्सौल मौजे निवासी १८ वर्षिय सलाम आलम र वीरगंज उपमहानगरपालिका वडा नम्बर १९ नगवाका १७ वर्षिय फिरोज मियालाई लागु औषध ६ पोका गाजा सहित पक्राउ गरिएको प्रहरी निरिक्षक प्रकाश विष्टले बताउनु भयो । पर्साको खलवाटोला श्रीसिया वडा नम्बर २ बाट टाङगामा लुकाईछिपाई भारतको रक्सोल लादै गरिरहेको अवस्थामा सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक विष्टले बताउनु भयो । गाजा सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
No comments:
Post a Comment