Pages

लोडसेडिङ्ग प्राधिकरण शाखा (बारा)

बारा, ५ भदौं/ नेपाल बिधुत प्राधिकरण बारा शाखाले दैनिक २ घण्टा लोडसेङ्गको साथसाथै थप ३ देखी ४ घण्टा गरेको लोडसेडिङ्ग कारण यहाा बिधुत बाट चल्ने सबै ब्यापार चौपट हुने अवस्थामा आइसकेका छन् ।
झन् त्यसपछि भोल्टेजको समस्या पनि त्यति कै रहेको सर्वसाधारणको गुनासो रहेको छ । एक हप्ता पहिले नेपाल बिधुत प्राधिकरण शाखा कलैया कार्यालयका इन्जिनियर ऋषि बर्णवालले केहि प्राविधिक कारणले भोल्टेज अप–डाउन हुने गरेको र यसको निराकरण २ दिन भित्रै गरिने बताउनु भएको थियो तर हाल सम्म भोल्टेज र थप लोडसेडिङ्गको समस्यामा बारा जिल्लामा यथावत नै रहेको छ । बारा कलैया नापीशाखा कार्यालय निर सानो फोटोकपि मेशीन राखेर आफ्नो ब्यापार चलाउने उमेश साह भन्छन्–“एक त २ घण्टा लोडसेडिङ्ग त्यसपछि थप लोडसेडिङ्ग र लाइन रहेको बेला पनि भोल्टेज एक दम कम र अप–डाउन गर्ने गरेको हुदा फोटो काापी मेशन र  कम्प्यूटर खराब हुने अवस्थामा छ, लाइन कटेको बेला बिधुत प्राधिकरणमा फोन गर्दा भोल्टेज अपुग भएको कारण एल.डि.सीले कटाएको जवाफ आउाछ यस्तो अवस्थामा हामि आफ्नो घरपरिवार पनि चलाउन गाह्रो भएको छ ।” जिल्लामा रहेका सबै पार्टी तथा प्रतिनिधि बिकास निमार्णको कार्यमा मात्र चासो लिने गरेको तथा आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने बिधुत जस्तो संवेदनशिल बिषयमा किन पार्टी तथा प्रतिनिधिहरु गम्भिर हुन नसकेको भनेर मधेशि जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाराका जिल्ला सचिव धमेन्द्र साह संग जान्न खोज्दा उनी भन्छन्–“हामि यस समस्या प्रति गम्भिर छौं र यस बारेमा हामि सम्बन्धीत निकायमा पहल गर्ने छौं ।” समग्रमा हेर्दा पार्टि प्रतिनिधिहरु केवल बिकास निमार्णको कार्यमा नै बढि रुची लिएको तथा जनता संग प्रत्यक्ष सरोकार राख्ने बिषयमा गम्भिर नरहेका सर्वसाधारण बिवेक बस्नेत बताउाछन् । आशा गरौं बाराली जनताले छिट्टै यस लोडसेडिङ्गको मारबाट निकास पाउलान् ।

No comments:

Post a Comment