बीरगंज ४ भदौ/ पर्साको बस्डिलवा गाविस ३ मा गठन भएको जयलक्ष्मी सामुदायिक संस्थालाई आज गरिबी निवारण कोष कार्यक्रम अन्तरगत आय आर्जन गर्नको लागि चेक हस्तान्तरण गरिएको छ ।
गरिबी निवारण कोष र पिपुल डेभलपमेन्ट युथ क्लब वगहीको संयुक्त सहयोगमा पर्साको बस्डिलवामा आयोजना गरिएको सो चेकहस्तान्तरण कार्यक्रममा यलक्ष्मी सामुदायिक सस्थाका १४ जना सदस्यहरुलाई आयआर्जन क्रियाकलापको लागि १ लाख ९५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो । पिपुल डेभलपमेन्ट युथ क्लबका अध्यक्ष रामनरेश प्रसाद यादवले सो कार्यक्रममा चेक हस्तान्तरण गर्नुभएको हो । सामुदायिक सस्थाकी अध्यक्ष नगिना देवी रामको सभापतीत्वमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा भग्रासन ठाकुर, रामाकान्त पटेल, कार्यक्रम सुपरभाईजर जयकान्त उपाध्याय, समाजिक परिचालक सुर्दशन ठाकुर तथा स्थानियवासीहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment