Pages

राहत शिक्षक द्धारा ज्ञापन

वीरगंज २० श्रावण/ नेपाल राहत शिक्षक जिल्ला संघर्ष समिति पर्साले आज राहत शिक्षकहरुको लागि पोशाक भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै जिल्ला शिक्षा कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन ।
राहत शिक्षक संघर्ष समिति पर्साका पदाधिकारीहरुले सांङकेतिक विरोध स्वरुप हाफ पाईन्ट र हाफ टिसर्ट लगाएर प्रमुख जिल्ला शिक्षा अधिकारी प्रमोद साहलाई ज्ञापन पत्र बुझाएका हुन । गत सावन ५ र ६ गते काठमाण्डौमा भएको केन्द्रिय संघर्ष समितिको बैठकले राहत दरबन्दिलाई साधारण दरबन्दिमा परिणत गर्न अधिकार सम्पन्न कार्यदलको गठन गर्नुपर्ने, नेपाल सरकारले तोकेको दुर्गम जिल्लाहरुमा कार्यरत राहत शिक्षकहरुलाई दर्गम भत्ताको तुरुन्त व्यवस्था हुनुपर्ने, नेपाल सरकारका कर्मचारी र स्थायी शिक्षकहरुको पाएको पोशाक सुविधा राहत र अन्य सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि तुरुन्त उपलब्ध गरिनुपर्ने लगायत विभिन्न ४ सुत्रिय माग अगाडी सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तरगत आज पर्सा जिल्लाका राहत शिक्षक संघर्ष समितिले जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको राहत शिक्षक संघर्ष समितिका पर्सा जिल्ला अध्यक्ष श्याम घिमिरेले बताउनु भयो ।

No comments:

Post a Comment