Pages

लागु औषध गाँजा बरामद

बीरगंज ३२ श्रावण/ पर्साको निर्मल बस्ती गाबिसबाट प्रहरीको संयुक्त गस्ती टोलीले गएराती ठुलो परिमाणमा अबैध लागु औषध गाँजा बरामद गरेको छ । बिजयबस्ती सशस्त्र प्रहरी चौकीका प्रहरी निरीक्षक लुरे प्रसाद चौधरी र ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सुजन राज भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले गएराती ११ कविन्टल गाँजा बरामद गरेको हो । संयुक्त गस्ती टोलीले गाँजा सहित दुईवटा गाँजा च्यापने मेशिनका साथै गाँजा च्यापन प्रयोग गर्ने चारवटा फलाको बाकस र ३ वटा काठको बाकस समेत बरामद गरेको छ । बरामद भएको गाँजा मध्ये ५० पोका च्यापेर तयार परेको र बाँकी ४ ड्रक गाँजा च्यापनका लागि त्यारी अवस्थामा फेला पारेको हो । बरामद सबै सामग्री खेतमा बेवारिसे रुपमा फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक चौधरीले दाबी गर्नु भएको छ । बरामद गरिएको सबै समाग्रीह जिल्ला प्रहरी कार्यालय बीरगंजको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment