बीरगंज ८ भदौ/ आगामी असोज १ गतेदेखि राष्ट्रिय पहिचान बनाएको शहिद स्मारका परिसरमा रहेको पौडी पोखरी (स्विमिङ्ग पुल) सञ्चालन हुने भएको छ ।
निजी क्षेत्रलाई जिम्मा दिइएको स्विमिड्ड पुल सहित चमेना गृह सञ्चालन मा आउने भएको शहिद स्मारक विकास समितिले जनाएको छ । स्मारक परिसरमा रहेको बाल उद्यान, स्विमिड्ड पुल र चमेना गृह सञ्चालनको लागि केहि समय अघि खुल्ला रुपमा योजना सहितको प्रस्ताव माग गरिएको थियो । विभिन्न नौ प्रस्तावहरु मध्ये सक्षम प्रस्तावको छान्नको लागि समितिका उपाध्यक्ष श्रीचन्द्र शर्माको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । उपसमितिले स्मारक समितिको दुरदर्शिता, आय तथा दिर्घकालिन सोच रहेका विषयहरु समेटिएका प्रस्ताव उपर आवश्यक अध्ययन अनुसन्धान र मुल्यांकन गरि उपर्युक्त प्रस्ताव छानेर समितिलाई निर्णय बुझाएको थियो । उपसमितिले गरेको निर्णयलाई विकास समितिले अनुमोदन गरेको शहिद स्मारक विकास समितिका अध्यक्ष रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । छानिएका मध्य बाल उद्यान सञ्चालनको लागि हेटौंडा ११ को बिएस सप्लायर्स र माइक्रो हिटलाई संयुक्तरुपमा सञ्चालनको सम्झौता गरिसकेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै हेटौंडा ११ का पूर्णभक्तलामासाग पौडी पोखरी र चमेना गृह सञ्चालन सम्वन्धमा सम्झौता भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । लामाले वार्षिंक अनुमानित आय करबि ६ देखि ८ लाख रुपैयाको ४० प्रतिशत रकम संस्थालाई दिने सहित पोखरीलाई आकर्षक र मनोरम बनाउने विषयमा समेत निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यता आफुले दिइएको प्रस्ताव उपर छलफलमा सहभागि नै नगराई एकलौटी ढंगले अर्थिक प्रलोभनमा परि आफ्ना मान्छेहरुसाग नियम विपरीत काम गरेको बताएका छन् । प्रस्ताव पेश गरेका हेटौंडा १ का मुक्तिनाथ पुडासैनीले खुला रुपमा आव्हान गरेका प्रस्तावके वेवास्ता गर्दै आफु अनुकुल मान्छेलाई कार्य सञ्चालन गर्न दिएकोमा विरोध गरेको छ । यसरी आफुहरुलाई नबोलाई नियम मिचेर यस्तो कार्य गर्न नमिल्ने र यसको लागि पुन: प्रस्ताव माग गर्नु पर्ने पुडासैनी लगायतका प्रस्ताव पेशगरेकाहरुले माग गरेका छन् ।
No comments:
Post a Comment