Pages

सात जना लेखापरीक्षक सम्मानित

वीरगंज २१ श्रावण/ नेपाल अडिटर्स एशोसिएशन (अडान) को छैठौं स्थापना दिवसको अवसरमा अडान पर्साले जिल्लाका सात लेखा परीक्षकहरुलाई सम्मानित गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा राजेश्वर आचार्य, राजेन्द्रलाल दास, मनोज श्रीवास्तव, यादव उपाध्याय, सुपेन्द्रबहादुर श्रेष्ठ र सुशिल तामाङ छन । उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसका सहप्राध्यापक केदारनाथ साह र नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सम्मान गरेका हुन । सोही अवसरमा आयोजित समारोहमा सहप्राध्यापक साहले सम्मानित हुनेहरुलाई बधाई र शुभकामना दिनु भएको थियो । त्यसैगरी अडान केन्द्रीय उपाध्यक्ष एवम् नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका काउण्सिल सदस्य कृष्ण पौडेलले अडानको स्थापना र क्रियाशिलताले लेखा परीक्षकहरुको पहिचान, सम्मान र भुमिका बढेको बताउनु भयो । कार्यक्रममा अडान केन्द्रीय सदस्य तथा सम्मानित व्यक्तित्व राजेन्द्रलाल दासलगायतले बोल्नु भएको थियो । अडान पर्साका अध्यक्ष दिनानाथ रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रद्युम्न सेंढाईले गर्नु भएको थियो । 

No comments:

Post a Comment