Pages

देश अहिले गम्भीर संकटको अवस्थामा पुगेको मन्त्री महासेठको दावी

















– प्रणय कुमार
बीरगंज २० श्रावण/  सिचाई मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनालमाथि पार्टीले गर्ने भनिएको कारवाही हल्लामात्रै भएको बताउनु पार्टीका केही नेताहरुले अध्यक्ष माथि कारवाही हुने भनेर अनावश्यक हल्लामात्र रहेको बताउनु भएको छ ।
वहाँ पार्टी स्थायी समितिको बैठकमा सफथग्रहण नगराउने भन्ने बारेमा कुनै निर्णय नभएको दावी समेत गर्नुभयो । जिल्ला बिकास समिति बाराको सहयोगमा तथा हाम्रो समाज जागरण अभियान रेडियो सिमराको आयोजनामा पाँच दिने नि:शुल्क रेडियो पत्रकारिता एवम् ब्यक्तित्व बिकाश तालिमको उदघाटन गर्दै मन्त्री महासेठले पार्टी र सरकारको काम फरक कुरा भएकोले ‘भोलिको बैठकमा कारवाहीको विषय एजेण्डानै छैन आफना मन्त्रीलाई सफत गराउने प्रधानमन्त्रीको अधिकारको कुरा रहेको बताउदै मन्त्री महासेठले देशी विदेशी प्रतिक्रियावादी त्तत्व संविधान सभाको विघठन गराउन सक्रिय रहेकाले अहिले देश गम्भीर संकटको अवस्थामा पुगेको दावी गर्नु भयो । वहाँले ‘दलहरुबीच सहमतिबीना नै प्रधानमन्त्रीले राजिनामा दिने अवस्था उत्पन्न भयो भने शान्तिप्रक्रिया सभा भङ्ग हुने र देश गृह युद्धमा फस्नसक्ने बताउनु भयो । पार्टी स्थायी समितिको निर्णय विपरित एकिकृत माओवादीका मन्त्रीलाई सफथग्रहण गराएको भन्दै पार्टीकै केही नेताहरुले केन्द्रीय कमिटीको शनिवार बस्ने बैठकले प्रधानमन्त्री खनालमाथि कारवाही गर्ने बताइरहेको बेला सिचाई मन्त्री महासेठको भनाई रहेको थियो । संविधानसभा विघठन गराएर आयोग मार्फत संविधान घोषणा गर्ने षडयन्त्र भैरहेको मन्त्री महासेठको आरोप लगाउनु भयो । तालीममा सहभागी ४५ जनालाई चन्द्रकिशोर झा, केसी लामिछाने, अच्युत पौडेल, पवन पौडेल र रोशन सुबेदीले प्रशिक्षण दिने आयोजकले जनाएको छ । हाम्रो समाज जागरण अभियानका उपाध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रधानमन्त्री खनालका राजनितिक सल्लाहाकार पुरुषोत्तम पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त उपाध्याय, सशस्त्र प्रहरी नायब उपरिक्षक ऋषब देव भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक गंगा पाण्डे, सभासद गोपाल ठाकुर, बाराका स्थानिय बिकाश अधिकारी बिन्दु गुरागांई, हाम्रो समाज जागरण अभियानका सचिव मनोज पौडेल, पत्रकार महासंघ बारा अध्यक्ष लक्ष्मी साह लगायतको उपस्थिती रहेको थियो । एफएमका कार्यकारी निर्देशक अच्युत पौडेलले कार्यक्रमका प्रमुख अतिथी सिचाई मन्त्री रघुवीर महासेठलाई फुलको गुच्छा दिई स्वागत गर्नु भएको थियो । सो सिमराका पुर्व गाबिस अध्यक्ष भोला अधिकारीले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम संचालन रोशन सुवेदीले गर्नु भएको थियो ।

No comments:

Post a Comment