Pages

एक दिने सेमिनार सम्पन्न













बीरगंज २३ श्रावण/ डिजाईनिङ्ग योर फयुचर सम्बन्धी एक दिने सेमिनार आज बीरगंजको स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।
नेशनल एकेडमी क्याम्पसले आयोजना गरेको सो सेमिनारमा सोही क्याम्पसमा अध्यन्नरत कक्षा १२ का छात्राछात्रहरुको सहभागीता रहेको थियो । क्याम्पस चिफ निरज सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेशनल एकेडमी क्याम्पसका म्यानेजिङ्ग डाइरेक्टर केदार प्रसाद साह रहनु भएको थियो । उक्त सेमिनारमा सोही क्याम्पसका ५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।  सहभागी बिधार्थीहरुलाई क्याम्पसका श्रोत ब्यक्ति राजेन्द्र कोईरालाले एजुकेशन, कलचर, सिफीलाईजेसन, ब्यक्तित्व बिकाश, क्षमता बृद्धी, सफलताको लागि कडा परिश्रमका बारेमा प्रशिक्षण दिनु भएको क्याम्पसका डाइरेक्टर बाल गोपाल थापाले बताउनु भएको छ ।

No comments:

Post a Comment