बीरगंज ३१ श्रावण/ एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष जालिम मियालाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष मियालाई जिल्ला प्रहरी कार्यालय पर्साले हिजो वीरगन्जको माईस्थानबाट पक्राउ गरेको हो । मियाालाई कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी लगायतका मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो । नेपाल हिन्दु सेवा सङ्घका केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको भन्दै उनलाई पक्राउ गरे पनि राजनीतिक दबाबमा उम्किन सफल भएका थिए । तर अन्य मुद्दामा समेत आरोपित भएकाले मियालाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । मियालाई पर्सा जिल्ला अदालतबा भ्याद थप गराई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईएको छ । मियाले बारा पर्साको राष्ट्रिय वनबाट बहुमूल्य काठ फडानी गराई भारतमा तस्करी गराएको अभियोगमा कैद सजायसमेत भोगी सकेका छन ।
No comments:
Post a Comment