काठमाडौं १६ श्रावण/ करोडौं रुपैंयाको चलखेल गर्दै काठमाडौं महानगरपालिकाले राजधानीको विभिन्न ठाउामा आकाशेपुल बनाउन इन्नोभेटिभ कन्सेष्ट नामको ठेकेदार कम्पनीलाई १८ वर्षका लागि लिजमा सम्झौता गरि आकासे पुल बनाउन सुरु गरेको प्रति असन्तुष्टी प्रकट गर्दै आकाशेपुल संयुक्त संघर्ष समितिले कुनै पनि हालतमा बनाउन नदिने चेतावनी दिएको छ । ................
आज रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले आफूहरु आकाशेपुलको विरोधी नभएपनि आकाशेपुलको नाममा व्यापारिक कम्प्लेक्स बनाउने षडयन्त्र गरिएको भन्दै पुल निर्माण कार्य तत्काल बन्द नगरिए कडा संघर्षमा उत्रने चेतावनी दियो । पत्रकार सम्मेलनमा संघर्ष समितिले आकाशेपुलको कारण चीन सरकारको सहयोगमा सम्झौता भै बन्नै लागेको ८ लेनको रिङ्रोड निर्माण कार्य रद्द हुन सक्ने आशंका ब्यक्त गरे । संयुक्त संघर्ष समितिले काठमाडौको अतिव्यस्त चोकहरु कलंकी चोक, नयााबानेश्वर चोक, गंगबु बसपार्क तथा माछापोखरी चोकमा स्थानीय जनताको कुनै राय सल्लाह नलिई करोडौं रुपैंयाको चलखेल गर्दै पुलिस प्रशासनको आड मा एकतर्फिरुपमा आकाशेपुल बनाउन लागेको आरोप समेत पत्रकार सम्मेलनमा लगाए । उनीहरुले भने– हाम्रो आग्रहलाई नमानी आकाशेपुल निर्माण गरिए चुृप लागेर बस्दैनौ । आकाशेपुलको नाममा चोक चोकमा रहेको अरबौको सम्पत्ति ठेकेदारको हातमा जान नदिने हाम्रो अन्तिम निर्णय हो । संघर्ष समितिले पुल निर्माण कार्य बन्द गर्नका लागि काठमाडौं महानगरपालिका, भौतिक योजना तथा निर्माण मन्त्रालय र संविधानसभा भवन घेराउ गर्दै कडा आन्दोलन गर्न समेत पछि नपर्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा बोल्दै एनेकपा माओवादीका सभासद राजकाजी महर्जनले काठमाडौंको महत्वपूर्ण चोकमा आकाशेपुल निर्माणका लागि सर्वोच्च अदालतले समेत भ्रष्टहरुलाई कमाउ धन्दामा बल पुर्याउन खोजेको आरोप लगाए । सभासद महर्जनले भने– काठमाडौंलाई राम्रो बनाउने नाममा सार्वजनिक जग्गा बेच्ने योजनालाई तुरुन्त रोक्नुपर्छ । नेकपा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जीरो लगानीबाट करोडौं कमाउने धन्दा बन्द गरिनुपर्ने भन्दै सुन्दर शहरलाई कुरुप बनाउन लागेको आरोप लगाए । पत्रकार सम्मेलनमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले रिङ्रोड साघुरो भएपछि सरकारले ८ लेनको बनाउने भन्दा भन्दै आकाशेपुल बनाउन ठेक्का दिएर कमिशन खाने योजना भएको दावी गरे । उनले भने– उपभोक्ताहित विपरित कार्यलाई तुरुन्त रोक्नुपर्छ । रिङ्रोड संरक्षण समाजका अध्यक्ष बलराम कालाखेतीले महानगरपालिका भ्रष्टाचारीको ठेकेदारको रुपमा काम गरिरहेको आरोप लगाए । पत्रकार सम्मेलनमा राप्रपाका थानेश्वर भट्टराई, नेपाली कााग्रेसका प्रतिनिधि कुबेर खड्का, महानगरपालिका एमाले प्रतिनिधि रामदेव मानन्धर र नेपाली कााग्रेस क्षेत्र नं. १४ का सभापति धर्मराज गौतमले पनि आकाशेपुल निर्माण गर्ने नाममा ठेकेदारले अरबौंको भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए ।
No comments:
Post a Comment