सिमरा, १५ श्रावण/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष मीनराज कंडेलले नेपाल सरकारको युवा स्वरोजगार कोषको कार्यक्रम सहकारीमार्फत प्रभावकारी ढंगले कार्यान्वयन हुने बताउनुभयो । .............
युवा स्वरोजगार कोष र नेफ्स्कुनको सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरुमार्फत उद्यमी युवाहरुलाई कम व्याजदरमा सुलभ ढंगबाट कर्जा उपलब्ध गराउने कार्यक्रमको आज हेटौडामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको क्रममा अध्यक्ष कंडेलले बताउनु भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष भोला गौतम, रौतहटका कालिन्दी घिमिरे, सर्लाहीका बाबुराम घिमिरे, पर्साका सञ्चालक असगर अली अन्सारी, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख पुरुषोत्तम सापकोटालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सभापतित्व मकवानपुर बचत तथा ऋण सहकारी संघकी अध्यक्ष सुलोचना स्याङ्तान, स्वागत नेफ्स्कूनका सञ्चालक मेनका दाहाल र सञ्चालन शान्ती अधिकारीले गर्नु भएको थियो । नेफ्स्कुनले युवा स्वरोजगार कोषबाट पहिलो चरणमा पांच करोड रुपैया प्राप्त गरेको छ । उद्यमी युवाहरुलाई परियोजनाको आधारमा बढीमा १२ प्रतिशत व्याजदरमा दुई लाख रुपैयासम्म बिना धितो कर्जा लगानी गर्ने कार्यक्रम छ । नेफ्स्कुनमा आवद्ध संस्थाहरुमार्फत छिट्टै नै यो कार्यक्रम लागु हुने अध्यक्ष कंडेलले बताउनु भयो ।
No comments:
Post a Comment