Pages

काब्य यात्रामा चारजना सम्मानीत













बीरगंज २८ श्रावण/  १८१ औं प्रभात काब्य यात्रा पर्साले १६ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज वीरगंजका चार जनालाई सम्मानित गरेको छ ।


सम्मानित हुनेहरुमा साहित्यकार तथा पत्रकार बिजय बिन, कबि केशव कहादुर श्रेष्ठ, पत्रकार प्रणय कुमार र जीवनलाल श्रेष्ठ रहेका छन । बीरगंज वडा नम्बर ८ स्थित पशुपती चन्द्र मुनि बेद बेदाङ बिधालयमा आयोजित कार्यक्रमका बिगत केही बर्ष देखी काब्य यात्रालाई नितनतर रुपमा सहयोग पुर्‍याउँदै आएको बापत प्रमुख अतिथी समाज सेबी डा दिपक शाक्यले गम्छा ओढाई कदर पत्र पदान गरि सम्मान गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रममा काब्य यात्रा कबिता वाचन गर्ने बिनोद चौधरी, नन्दकिशोर गोयल, कन्हैया गुप्ता, महेशचनद्र गौतम, पंडित पुरुषोत्तम दुबे, राजकिशोर चौबे, समिर पाख्रिन, शशि भुषण वर्णवाल, काशिराम पटेल लगायतले कबिता तथा गजल वाचन गरेवापत समाज सेवी पशुपती बिक्रम शाह तथा डा दिपक शाक्य संयुक्त रुपमा कदर पत्र प्रदान गर्नु भएको थियो । प्रभात काब्य यात्राका संयोजक अरुण बिक्रम शाहको संयोजकत्वमा भएको कार्यक्रममा बिधालय संचालक समितीका अध्यक्ष बिनोद चौधरी, समाज सेवी उषा शाह, पशुपती रौनियार, अतिथिहरुले प्रभात काब्य यात्राको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचनद्र गौतम लगायतले शुभ कामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संचालन कबि नन्दकिशोर गोयलले गर्नु भएको थियो ।

No comments:

Post a Comment