Pages

चार ठुलापुलको शिल्यान्यास

रौतहट ३ भदौ/ जिल्लाका दुई स्थानहरुमा शनिवार दुई पुलहरुको शिलान्यास गरीएको छ, भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले विश्रामपुर तथा कटहरीयामा दुई पक्की पुलको शिलान्यास गरेका हुन ।
बलेरी विश्रामपुर सडक खण्डको चाादी नदीमा बन्ने करीब ४ करोड २२ लाख ७३ हजार ८२७ रुपैयाको लागतमा १ सय २५ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइ भएको पुल निमार्णका लागी शिल्यान्यास भएको हो । पुलले विश्रामपुर भएर रौतहटको पौराई सम्म जोडने बताइएको छ २०७० अषाढ सम्म निर्माण सम्पन्न हुने कार्यक्रममा बताइएको छ ।  यसै गरी कटहरीयाको लालबकैया नदीमा करीब ८ करोड ५६ लाख ११ हजारको लागतमा २ सय ४० मिटर लामो पुलको पनि शिलान्यास मन्त्री रायमाझी ले गरेका छन ।  तीन वर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको यस पुलले नदी पारीका रौतहट गाबिसहरु का हिमालीबास र लक्ष्मीनियालाई जोडने छ । सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख रामबाबु गुप्ताका अनुसार पुलले रौतहट का यी दुई विकट गााउलाई सुगम बनाउने छ । शिलान्यास कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझी, कानुन तथा न्याय मन्त्री प्रभु साह , सभासद देवेन्द्र पटेल सहभागी थिए । माधव नेपालको सरकारको पालामा समेत रौतहटको बागमिती नदि र लालबकैया नदिमा दुइ ठुला पुलको शिल्यान्यास भएको थियो । यो सगै रौतहटमा एक बर्षमा चार ठुला पुलको शिल्यान्यास भएको हो ।

No comments:

Post a Comment