बीरगंज ८ भदौ/ महिला दवाव समूहले शान्ति र सविधानका लागि महिला अभियान अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम मार्फत संविधान सभा अध्यक्ष सुवाष नेवाङलाई अवधारणा पत्र बुझाएका छन । महिला दबाब अभियानले आज विहान १० बजेदेखि ५ बजेसम्म स्थानिय प्रशासन अगाडी धर्ना दिईरहेका छन । महिलाहरुले भाद्र ६ गतेबाट र्पर्वको ईलाम तथा पश्चिमको डडेलधुराबाट पदयात्रा शुरु गरिसकेका छन । वीरगंजमा समेत भदौ ९ गते विहान ६ बजे वीरगंजको घण्टाघरबाट काठमाण्डौका लागि पदयात्रा शुरु गरिने कार्यक्रम रहेको छ । भदौ ११ गते काठमाण्डौमा एकत्रित भएर पदयात्रा तथा बृहत सभा गरिने अभियानकी पर्सा संयोजक संध्या भटले बताउनु भयो । नेपाली नागरिकताका सन्तान आमा या बाबु मध्य १ जना नेपाली रहेछ भने उनको सन्तान निर्विवाद बंशजको नेपाली नागरिक हुनुपर्ने, नेपाली नागरिकसंग विवाह गर्ने विदेशी नागरिक रहेछ र उ नेपाल बस्न चाहन्छ भने उसलाई आथिर्क सामाजिक सास्कृतिक अधिकार सहितको वैवाहिक परिचय पत्रको व्यवस्था गरिनुपर्ने, बैवाहिक सम्बन्धमा र अंकिकृत नागरिकता सम्बन्धमा दवाव समूहले आफनो अवधारणा पत्र अगाडी सारेका छन । अभियानकी नेतृ सध्या भट्, शुशिला पंजियार, रेणु मानन्धर लगायतका महिलाले दबाब कार्यक्रमको नेतृत्व गरेका थिए ।
No comments:
Post a Comment