बीरगंज २४ श्रावण/ बाराको कलैया नगरपालिका वडा नम्बर ५ मा आज बिहान एउटा सुतली बम फेला परेको छ ।
स्थानिय हरेन्द्र बिकको घरको मुलगेटमा बेवारिसे अवस्थामा राखिएको पलास्टीकको झोला सुतली जस्तो देखिएपछि नजिकको प्रहरीलाई खबर गरिएको थियो । बम राखिएको ठाउमा प्रहरीले आवागमनमा केहीबेर रोक समेत लगाएको थियो । घटनास्थलमा पुगेका नेपाली सेनाका बम डिस्पोजल टोलीले सो बम निस्कृय पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
No comments:
Post a Comment