बीरगंज २५ श्रावण/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने कानुन ब्यवसायी अधिवक्ता दिनानाथ साहले पैसा लेनदेनको बिषयलाई लिएर आज पर्सा जिल्ला अदालत अगाडी एक ठेकेदार गणेश साहलाई कुटपिट गरि घाइते बनाएका छन ।
पर्सा जिल्ला भेडिहारी निवासी ४५ बर्षीय ठेकेदार गणेश साहले अधिवक्ता दिनानाथ साहको पक्की घरको सेन्टीङ गरे बापतको बाँकी रहेको १७ हजार रुपैया ज्याला माग गर्दा सोही बिषयलाइृ लिएर अधिवक्ता साहले ठेकेदार साहलाई कुटपिट गरेका हुन । घाइते गणेश साहको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बक्यौता रकमका बिषयमा गत फागुन १२ गते वडा प्रहरी कार्यालय श्रीपुरको रोहवरमा रकम दिने स्वीकार गरेका अधिवक्ता साह संग यसघी उक्त रकम माग गर्दा उल्टो गाली, गलौज गर्दौ ठेकेदार साह माथि मुद्धा दर्ता गराएका अधिवक्ता साह संग आज पुन: सो रकम माग गर्दा कुटपिट गरेको घाइते ठेकेदार साहले बताएका छन । यस घटनामा कुटपिट गर्ने दिनानाथ साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । निज अधिवक्ता साह माथि जिल्ला प्रशासन कार्यालय पर्साले आज सात दिनको म्याद थप थुनामा राख्ने आदेश दिएको छ साथै अधिवक्ता साह बिरुध सार्वजनीक मुद्धा दर्ता गराईने तैयारी भइरहेको बताइएको छ । यसभन्दा अघी पनि कानुन ब्यवसायी साहले राधेमाई १६ मा बस्ने चनरदेव यादवलाई कुटपिट गरेका थिए । निज कानुन ब्यवसायी साहको उद्दण्ड स्वभावका कारण टोलछिमेकका मानिसहरु पटक पटक सम्बन्धीत निकायमा उजुरी समेत गर्दा निज कानुन ब्यवसायी साहलाई अन्य कानुन ब्यवसायी सहयोग गरेका कारण कुनै कारवाही नगरिएको बताइन्छ । स–साना कुरामा मुद्धा दिने आचरणका रहेका अधिवक्ता दिनानाथ साहका उदण्ड स्वभावका कारण पर्सा जिल्ला स्थित प्रसौनीबिर्ता गाबिसमा बस्ने गरेका अधिवक्ता साहलाई करिब ५/६ बर्ष अघि गाँउबाटै निकाला गरेका थिए ।


No comments:
Post a Comment