Pages

योजना तर्जुमा गोष्ठि सम्पन्न

बीरगंज २२ श्रावण/  सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत विकास तालीम समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
हालै सम्पन्न तीन दिने संस्थागत विकास तालीम सफल भएको र यसले संस्थाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको गोष्ठिले निष्कर्ष निकालेको छ । संस्थाका सञ्चालक अध्यक्ष कृष्ण पौडेलका, लेखा समिति संयोजक डम्मरमणी लिम्वु, सञ्चालक सचिव यज्ञबहादुर आले, कोषाध्यक्ष शिव वाग्ले लगायतले बोल्नु भएको थियो । गोष्ठिले संस्थाको वृहत लक्ष्य, ध्येय, रणनीतिक योजना र कार्ययोजना आगामी एक महिनाभित्र तर्जुमा गर्नका लागि संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । समितिमा सदस्य डम्मरमणि लिम्वु, यज्ञबहादुर आले, शिव वाग्ले, सीता गुरुङ, केशवराज पौडेल, सञ्जय साह, सुन्दर विश्वकर्मा र महेश ढुङ्गेल छन ।

No comments:

Post a Comment