बीरगंज ८ भदौ/ नेपाल आदीवासी जनजाति महासंघले दौरा सुरवाललाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको प्रति विरोध जनाएको छ ।
महासंघका अध्यक्ष राजकुमार लेखीद्धारा जारी विज्ञप्तीमा समावेशीको नाममा देशभीत्र रहेको भेषभुषा तथा पोशाकलाई मात्र सास्कृतिक रगंमंचमा नृत्य पोशाकमा सिमित नराखी नेपालको राष्ट्रिय तथा औपचारिक पोशाकको मान्यता दिन सरकार र सर्वोच्च अदालत समक्ष माग गर्नुभएको छ । बहुभाषिक बहुधार्मिक तथा भौगोलिक विविधता रहेको मुलुक नेपालको सर्वोच्च अदालतले पनि सरकारी निर्णयलाई अनुमोदन हुने गरी दौरा सुरुवाललाई औपचारिक पोशाकको रुपमा मान्यता दिने कार्यले जनजाती आदिवासीको गम्भिर ध्यानकर्षण भएको जनाईएको छ ।
No comments:
Post a Comment