बीरगंज १५ श्रावण/ सरकारले आगामी १० बर्ष भित्र पाटे बाघको संख्या दोब्बर पार्ने लक्ष्य राखेको भएपनि पर्सा वन्य जन्तु आरक्षमा भने बाघको संख्या घटेर तीनमा झरेको छ । ..........
गाँउलेले बिष हालेर एउटा मारेपछि आरक्षमा पाटे बाघको संख्या घटेको हो । दुई बर्षअघि गरिएको गनणामा पर्सा वन्य जन्तु आरक्षमा ४ वटा बाघ फेला परेका थिए । देशव्यापी गनणाको क्रममा क्यामारा टपिङ्ग प्रविधिबाट आरक्षमा बाघ गनणा भएको थियो । मध्यवर्ति क्षेत्रमा पर्ने मकवानपुर जिल्लाको चुरियामाई गाविसमा स्थानीय बासिन्दाहरुले मरेको गाईको सिनुमा बिष राखेर आरक्षको एउटा बयस्क पाटे बाघ मारेको आरक्षका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । मध्यवर्ति क्षेत्रको जंगलमा मारिएको हुनाले उक्त बाघ आरक्षको ४ मध्ये एउटा भएको घिमिरेले दावी गरेका छन । प्रहरीले अनुसन्धानको क्रममा बाघको छाला र हड्डीको सहित ४ चुरियामाई गाविस ७ का अमित गोले, जिल्लाको बसामाढी गाविस १ का प्ेरमबहादुर खडका, भैसे गाविस ६ का रामबहादुर भोक्तान र पदमपोखरी गाविस ७ का देवेन्द्र मोक्तानलाई पक्राउ गरेपछि बाघ मारिएको घटना बाहिर आएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले चुरियामाई गाविस १ स्थित डम्बर घलानको घरमा लुकाएर राखिएको अवस्थामा बाघको ८ किलो हड्डी र एक थान छाला सहित उनीहरुलाई तीन महिनाअघि पक्राउ गरी आरक्ष कार्यालयमा बुझाएको थियो । कार्यालयले अभियुक्तहरुलाई पुर्पक्षको निम्ति वीरगंज कारागार चलान गरिएको जानकारी दिएको छ ।
No comments:
Post a Comment