Pages

दुई ठाँउमा बम निष्कृय

बीरगंज २५ श्रावण/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १८ लक्ष्मणवा चोकस्थित पिपरामठ जाने बाटोमा भेटिएको बिष्फोटक पदार्थलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
 स्थानियबासीहरुले आज विहान करिव ८ बजे तिर क्लवको अगाडी शंकास्पद झोला देखेपछि बम हुन सक्ने आशंकामा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोली घटनास्थलमा पुगी शंकास्पद बस्तु भेटिएको क्षेत्रलाई केही बेर आफनो नियन्त्रण लिएको थियो । प्रहरीले सो शंकास्पद बस्तुबारे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराएका थिए । बीरगंजको बरख गणबाट नेपाली सेनाको क्याप्टेन गोपाल बहादुर क्षेत्रीको नेतृत्वमा गरेको बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तुलाई घटनास्थलबाट करिव दुई सय मिटर टाढा खेतमा लगी निष्कृय पारेका थिए । क्याप्टेन क्षेत्रीका अनुसार सो शंकास्पद बस्तु बिष्फोटक बस्तु नै रहेको बताएका छन् । यसैगरी बाराको कबही गोठ ८ सन्तगंज स्थित राष्ट्रिय प्राथमिक बिधालयमा आज बिहान फेला परेको स्केट बम नेपाली सेनाको बम निष्कृय टोलीले निष्कृय पारेको छ । बिहान साढे ६ बजे प्रहरीले बिधालय हाता भित्र सकेट बम फेला पारेको कलैया स्थित दुर्गा भण्जङ्ग गणबाट गएको नेपाली सेनाको बम निष्कृय टोलीले सवा १० बजे निष्कृय पारेको हो । जनतान्त्रीक मधेश मुक्ति पार्टी बाराका ईन्चार्ज भुमि यादवले घटनाको जिम्मा लिएका छन ।

No comments:

Post a Comment