Pages

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

बीरगंज १५ श्रावण/ विषालु सर्पको टोकाईबाट गएराती वीरगंजमा एक महिलाको मृत्यु भएको छ । .........
मृत्यु हुनेमा वीरगंज उपमहानगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षिय सम्झना क्षेत्री रहेकी प्रहरीले जनाएको छ । गएराती आफनो घर अगाडी गएराती आएको पानीले पिठीमा रहेको माटो बगाएपछि उक्त माटो समाउने क्रममा उनलाई विषालु सर्पले उनको दाहिने हातमा टोकेका थिए । तत्काल उनलाई वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको लागि भर्ना गर्दा उनको उपचारमा संलग्न चिकित्सकको लापरवाहीले मृत्यु भएको स्थानियवासीहरुले आरोप लगाएका छन । अस्पतालका आकश्मीक कक्षमा रहेको डा. अशोक कुशवाहको नेतृत्वमा खटीएको अहेब जयराम महतो र संतोष श्रेष्ठले सर्पले टोकेको दाहिने हातमै स्लाईन पानी चढाएपछि विष शरिरमा फैलिदा तत्कालै मृत्यु भएपछि उनलाई मृत घोषित गरी आफन्तहरुको जिम्मा लगाईदिएको मृतकका आफन्तहरुको आरोप रहेको छ । मृत क्षेत्रिलाई रातिनै घर लगिएकोमा जिवित रहेको शंका लागेपछि आज विहान पुन उनलाई रक्सौल स्थित डंकन होस्पीटलमा उपचारको लागि लगिएकोमा होस्पीटलका चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । मृतकका आफन्तहरुले नारायणी उपक्षेत्रिय अस्पतालको चिकित्सवको लापरवाहीले उनको मृत्यु भएको भन्दै अस्पताल परिसर भित्र केहि बेर हो हल्ला समेत गरेका थिए । हाल चिकित्सक अशोक कोईरी, अहेब जयराम महतो र संतोष श्रेष्ठलाई कारवाहीको माग गर्दै मृतकका आफन्त सानुमाया कार्कीले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छिन । यता चिकित्सकले क्षेत्रिको उपचारमा कुनै किसिमको लापरवाही नगरी उपचारकै क्रममा उनको मृत्यु भएको दावी गरेका छन ।

No comments:

Post a Comment