बारा ३० श्रावण/ प्रमुख राजनीतिक दलहरु सत्ता केन्द्रित राजनीतिमा रुमलिने कारणले गर्दा राजनीतिक दलहरु सत्ता भन्दा बाहिर निस्किन सकेका छैनन् ।
आम जन्ताको सरोकारको विषयहरुमा राजनितिक दलहरु मौनता साधेर बस्ने कारणले सर्बसधारण नागरिकहरु मर्कामा परेका छन् । बिकास निमार्णका योजनाहरुमा जति राजनितिक दलहरुको चासो गएको हुन्छ, त्यस अनुपातमा जनताको जिवनयापनमा प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा बाराली राजनीतिकदलहरुले आफ्नो ध्यान नपुर्याएको देखिएको बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीले बताए । बिशेषत कलैया नगरपालिकाबासिले अनावश्यक बिधुत कटौती तथा कम भोल्टेजको समस्या झेल्दै आइरहेका छन् तर आम नागरिकको समस्याको रुपमा रहेको बिधुतको समस्या समाधानको लागि बाराका राजनीतिक दलहरु हात बााधेर बसेको कारण यो समस्या झनझन बढदै गईरहेको कलैयाका पान व्यावसायी लक्ष्मी साहले बताए । दैनिक १८ घण्टा सम्मको लोडसेडिङ्गको समस्या झेल्दै आइरहेको आमनागरिकले असल उर्जा मन्त्रि तथा अनुकुल मौसमको उपलब्धताको कारण लोडसेडिङ्गको समस्यामा केहि राहत महसुस गरेका थिए । तथापि कम भएको लोडसेडिङ्गको समस्याको संगसंगै अनावश्यक रुपमा लोडसेडिङ्गको समय अतिरिक्त हुने बिधुत कटौतिले गर्दा नागरिक अन्धकारमा बस्न बाध्य छन् । नागरिकलाइ बिधुतको बिशेष आवश्यक्ताको समय खाना खाने ,समाचार सुन्ने समयमा अनावश्यक रुपमा हुने बिधुत कटौतिले तथा भोल्टेजको समस्याले नागरिक आक्रोशित भइरहेको अवस्था छ साथै कार्यालय समयमा कम भोल्टेजको कारण सरकारी कार्यालयमा आउने सेवाग्रहि मर्कामा परिरहेका छन् तथा कागजात तयार पर्दा जेनरेटरको प्रयोग हुनाले अतिरिक्त शुल्क तिर्न बाध्य छन् । यस सम्बन्धमा कलैया साइबर क्याफेका संचालक आर्यन साह भन्छन्–“बिधुत् कार्यालय कलैयाका कर्मचारीहरुको लापरवाहिको कारण बिधुत् भोल्टेज कमबेश हुने र सोको कारण ब्यवसाय संचालन गर्न समस्या उतपन्न भएको छ ।” दैनिक हजारौको कारोबार गर्ने कलैया साईबरका संचालक साहले बिधुतको समस्याको कारण ब्यवसाय नै चौपट भएको दु:खेसो पोख्छन् । यस सम्बन्धमा नेपाल बिधुत प्राधिकरण कलैयाका इन्जिनियर ऋषि वर्णवालले कलैयाको सवस्टेशनमा ब्रेकरको समस्याले बिधुत् प्रवाहमा समस्या उत्पन्न भएको बताए । नागरिकलाई बिधुत्को समस्या नहोस् भनेर हामिले कृषि फिडरको बिधुत उपलब्ध गराएको भएपनी लामो रुटका कारण थप समस्या सृजना भएको इन्जिनियर वर्णवालले बताउदै भने “तर यो समस्या सामाधान गर्नको लागि हामि लागि परेको र एक दुई दिनमै समस्या सामाधान हुनेछ ।” नेपाल बिधुत प्राधिकरण कलैया शाखाबाट प्रवाह हुने बिधुतमा नागरिकले हुकको प्रयोग गरी ४० प्रतिशत भन्दा बढि बिधुत चुहावट गरेकोले राष्ट्रिय लोडसेडिङ्ग संगै थप लोडसेडिङ्ग गर्नु परेको इन्जिनियर वर्णवालले बताए ।
No comments:
Post a Comment