वीरगंज ५ भदौ/ शान्ति र सविधान निर्माणका लागि दबाब स्वरुप आज अनेरास्ववियु पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी १ घण्टा प्रर्दशन सहित नाराबाजी गरेका छन ।
शान्ति र सविधान कायम गर, भोली होईन आजै गर भने नाराका साथ मध्यान्न १२ बजेदेखि शुरु गरेको दबाब कार्यक्रम १ बजे सम्म भएको थियो । अनेरास्ववियु पर्साका कार्यवाहक अध्यक्ष अनिल चौधरीको अध्यक्षतामा भएको दबाब कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य उमेश गुप्ता, अनेरास्ववियुका नारायणी अंचल सदस्य मनिषा दनुवार, नेकपा एमालेका सुदिप लामा, अजय कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो । अनेरास्ववियुका केन्द्रिय कार्यक्रम अन्तरका देशव्यापी एक घण्टा दबाब कार्यक्रमको आयोजना गरिएको छ ।
No comments:
Post a Comment