वीरगंज ५ भदौ/ राष्ट्रिय सरोकार मंच नेपाल पर्साले पूर्व श्री ५ बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको ८४ औ शुभजन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
मंच नेपाल पर्साले आज वीरगंजका शान्ति र्याली निकालेको छ । भ्रष्ट्रचारी शासंद चाहिदैन, अब जनतालाई झुक्याउन पाउदैन, २०४७ को सविधान जारी गर, हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ भने नारा सहित वीरगंजको घण्टाघरबाट निकालिएको शान्ति र्याली जिल्ला बालमन्दिरमा पुगि आयोजित एक कार्यक्रममा परिणत भएको छ । बाल मन्दिरमा रहेको पूर्व श्री ५ वडा महरानी रत्नराज्य लक्ष्मीदेवीको सालिकमा माल्र्यापर्ण गरी शुभकामना आदान प्रदान गरिएको छ । मंच नेपाल पर्साका अध्यक्ष रामअजोध्या प्रसाद राउतको सभापतीत्वमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा मंच नेपालका नारायणी संयोजक नन्दकिशोर गोयल, मंच पर्साका प्रतिनिधी अफताब आलम, शिवशंकर साह, विनिता सिंह, खुश महमद, फुलचन चौहान, रफिक हवारी लगायतले पूर्व बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जिवनी बारे चर्चा गर्नुएको थियो ।
No comments:
Post a Comment