Pages

करबिवरण दर्ता गर्न इन्कार

वीरगंज, ३१ श्रावण/ मूल्य अभिवृद्धि कर ऐनमा प्रत्येक महिनाको २५ गते सम्ममा करदाताहरुले आफ्नो मासिक विवरण आन्तरिक राजस्व कार्यालयमा दर्ता गराउनु पर्ने व्यवस्था छ ।
तर, विगत केही महिनादेखि आन्तरिक राजस्व कार्यालय, पर्साले करदाताहरुले पेश गर्ने विवरण दर्ता गर्न इन्कार गरी रहेको र सो विवरण करदाता आफैले इन्टरनेटमा दर्ता गर्न दबाब दिइरहेको छ । जबकि तोकिएको व्यवस्था अनुरुप पारम्परिक रुपबाट फारम भरी दर्ता गर्ने हो अथवा इन्टरनेटबाट करदाताले आफै विवरण थिच्ने हो भन्ने विकल्प मध्ये कुन रोज्ने भने अधिकार करदाताको हो । अधिकांश व्यवसायीहरु आफू कम्प्यूटर चलाउन नजान्ने भएको र आफ्नो रोजगार छोडी कम्प्यूटर सिक्न सम्भव समेत नभएको जिकिर गर्छन । साइबरबाट अरुको भरमा फारमको विवरण थिच्न लगाउादा सो को कुनै प्रमाणिकता नभएको र गल्ति भएमा सोको दण्डको भागी स्वयं करदाता हुने भएकोले व्यवसायीहरु साईबरको प्रयोग गर्न मानेका छैनन। सानो व्यवसायीहरु जसले साहु, सेल्समेन र एकाउन्टेन्टको भूमिका आफै निर्वाह गरेर जिविकोपार्जन गरिरहेको छ उसको लागि भ्याट नियम परिपालना गर्न अत्यन्त जटिल बन्न पुगेको छ । कर प्रशासनले जटिलता थप्दै लगेकोले आफ्नो करदाताको दायरा बढ्न नसकेको कुरा सानो व्यवसायी समूहका संयोजक उमेश गुप्ता भन्छन् । साथै आन्तरिक राजस्व कार्यालयले फारम दर्ता नगरेबाट कुनै जरिवानाको दायित्व सृजना भए आफूहरुले कुनै हालतमा नतिर्ने बताएका छन् । यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालयको फोन नम्बर ५२२११२ मा प्रतिक्रिया लिन खोज्दा सो फोनको लाईन काटिएकोले कुरा हुन सकेन । करबिवरण दर्ता गर्न इन्कार वीरगंज, ३१ श्रावण/ मूल्य अभिवृद्धि कर ऐनमा प्रत्येक महिनाको २५ गते सम्ममा करदाताहरुले आफ्नो मासिक विवरण आन्तरिक राजस्व कार्यालयमा दर्ता गराउनु पर्ने व्यवस्था छ । तर, विगत केही महिनादेखि आन्तरिक राजस्व कार्यालय, पर्साले करदाताहरुले पेश गर्ने विवरण दर्ता गर्न इन्कार गरी रहेको र सो विवरण करदाता आफैले इन्टरनेटमा दर्ता गर्न दबाब दिइरहेको छ । जबकि तोकिएको व्यवस्था अनुरुप पारम्परिक रुपबाट फारम भरी दर्ता गर्ने हो अथवा इन्टरनेटबाट करदाताले आफै विवरण थिच्ने हो भन्ने विकल्प मध्ये कुन रोज्ने भने अधिकार करदाताको हो । अधिकांश व्यवसायीहरु आफू कम्प्यूटर चलाउन नजान्ने भएको र आफ्नो रोजगार छोडी कम्प्यूटर सिक्न सम्भव समेत नभएको जिकिर गर्छन । साइबरबाट अरुको भरमा फारमको विवरण थिच्न लगाउादा सो को कुनै प्रमाणिकता नभएको र गल्ति भएमा सोको दण्डको भागी स्वयं करदाता हुने भएकोले व्यवसायीहरु साईबरको प्रयोग गर्न मानेका छैनन। सानो व्यवसायीहरु जसले साहु, सेल्समेन र एकाउन्टेन्टको भूमिका आफै निर्वाह गरेर जिविकोपार्जन गरिरहेको छ उसको लागि भ्याट नियम परिपालना गर्न अत्यन्त जटिल बन्न पुगेको छ । कर प्रशासनले जटिलता थप्दै लगेकोले आफ्नो करदाताको दायरा बढ्न नसकेको कुरा सानो व्यवसायी समूहका संयोजक उमेश गुप्ता भन्छन् । साथै आन्तरिक राजस्व कार्यालयले फारम दर्ता नगरेबाट कुनै जरिवानाको दायित्व सृजना भए आफूहरुले कुनै हालतमा नतिर्ने बताएका छन् । यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालयको फोन नम्बर ५२२११२ मा प्रतिक्रिया लिन खोज्दा सो फोनको लाईन काटिएकोले कुरा हुन सकेन ।

No comments:

Post a Comment