प्रहरी द्वारा बरामद गरिएको गाँजा, अफिम, चरेश, डाईजोपाम, फेनारगन, टिडी जेसिक, नर्फिन, नाइट्रोभेट ट्यावलेट लगायतका लागु औषध जिल्ला प्रहरी कार्यालयको परिसरमा जलाएर नष्ट गरिएको हो । गएको असार १७ गते देखी श्रावण ९ गते सम्मबरामद गरेको ६ सय ३५ किलो ग्राम गाँजा १० किलो ५ सय ग्राम चरेश, १८ सय १७ थान डाईजोपाम इन्जेक्सन, ६ सय ७३ थान फेनारगन इन्जेक्सन, ५ सय ९० थान टिडी जेसिक इन्जेक्सन, नर्फिन इन्जेक्सन १३ सय ५ थान र १० थान नाइट्रोभेट ट्यावलेट लगायतका े लागु औषध नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला अदालतका प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, पत्रकार लगायतको रोहोबरमा लागु औषध नष्ट गरिएको हो । यसैअवधीमा प्रहरीले २७ जना लागु औषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ जना पुरुष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:
Post a Comment