Pages

बीरगंज अधिकान्स भाग डुबानमा

बीरगंज ३२ श्रावण/ बीरगंज उपमहानगरपालिकाको चरम लापवाहीका कारण नगरवासिहरु मर्कामा परेका छन ।
आज बिहान तीन बजे देखी परेको भारी बर्षका कारण बीरगंजका अधिकान्स भाग जलमगन भएपछि नगरवासीहरु मर्कामा परेका हुन । बीरगंजको पानीटंकी, भिस्वा, मुर्ली, गोश्वारा रोड, रानीघाट, आदर्शनगर, रेश्मकोठी, कुम्हालटोल, रामटोल, गहवा लगायतका टोलहरुल जलमगन भएका छन । बर्षातका कारण बीरगंज नगरक्षेत्रको अधिकांश बस्तीको सडकहरु समेत फोर पानी बगेको भएको छ । भारी बर्षातका कारण नालाको पानी सडकमा बग्न थालेपछि नगरवासीहरुको दैनिक कमा काजमा निकै समस्या भएको छ । हुलाक कार्यालयको छेउबाट भिस्वा तर्फ जाने सडकको बिचमा रहेको नालाको प्लेट नहुदा आवत जावत गर्ने पैदल यात्रु लगायतका सवारी चालकहरु मर्कामा परेका छन । आज बिहान मात्र एक जना पैदल यात्री जलमग्न रहेको त्यस सडकको नालामा खस्दा घाइते भएका छन । यस्तै गोश्वारा रोडमा रहेको जिल्ला प्रशासन कार्यालय वरिपरिको क्षेत्र समेत जलमग्न भएको छ । जिल्ला प्रशासन कार्यालयको भित्र छिर्ने सडकमा पानी जमेपछि सेवाग्राहीहरुलाई कार्यालय भित्र छिर्न समेत कठीनाई भएको छ । त्यस्तै सुरक्षाकर्मीहरु समेत बुट खोली हातमा लिएर कार्यालय भित्र छिर्ने बाध्य भएका छन । त्यस्तै बसपार्कमा पर्ने बईपास सडक खण्डमा सडक भत्कीएर बनेको गहिरो खाल्टोमा गाडी दुर्घटनामा पर्ने जोखीमका कारण यात्रुहरु त्रसीत हुनु पर्ने अवस्था रहेको छ । बसपार्कको भानु चौकदेखी होटल भिस्वा तर्फ जाने सडक भत्कीए पछि बनेको खाल्टोमा   पानी जमेका कारण आवजावतमा कठिनाई भएको छ । बर्षातको समयमा सबै नगरवासीहरु सास्ती हुने गरेपनि बीरगंज उपमहानगरपालिका कार्यालय र सम्बन्धीत निकायले समस्या समाधानमा कुनै चासो नदेएको पिडीतहरुले गुनासो गरेका छन । नगरक्षेत्र जलमग्न भएपछि स्कुल तथा कयाम्पसको पठन पाठन बन्द गरिएको छ । यसैबीच पानीटंकी क्षेत्र जलमग्न भएपछि त्यहा रहेको बीरगंज पब्लिक कलेजले कयाम्पस छुट्टीगरेको छ । कयाम्पस पुग्ने सडकमा करिब तीन फिट पानी जमेपछि कयाम्पसको बिहान र दिउसो दुबै समयको पठन पाठन बन्द गरिएको हो ।

No comments:

Post a Comment