Pages

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने

बीरगंज १९ श्रावण/ स्थानिय बिकाश मन्त्री उर्मीला अर्यालले स्थानिय तहमा बिगतका दिनहरुमा भएको जे जस्ता गल्तीहरुलाई समीक्षा गर्दै त्यसलाई बिर्सेर नयाँ बिकाश कार्य योजनामा लाग्नु पर्ने बताउनु भएको छ ।
आज जिल्ला बिकाश समितीमा आयोजित पर्साको बिकाश निर्माणबारे बैठक कार्यक्रममा बोल्दै स्थानिय बिकाश मन्त्री अर्यालले परसेन्ट भन्दा पनि कामको मुल्याङ्गकन गर्नु पर्ने बताउनु भयो । वहाँले शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने बताउदै हरेक गाबिस स्तरमा उच्च बिधालयहरुको स्थापना गर्नु पर्ने बताउनु भयो । हुलाकी राजमार्ग अन्तरगत पर्ने सडक निर्माणको पुलहरु नेपाल सरकारको आफनो स्वामित्वमा लगानी गरिरहेको र बाँकी सो अन्य सहयोगबाट भइरहेको मन्त्री अर्यालले अवगत गराउनु भयो ।

No comments:

Post a Comment