Pages

संविधान बन्न नसक्नु मुलुकको र्दुभाग्य हो : अध्यक्ष महतो
















बीरगंज २२ श्रावण/  सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महताले मुलुकको राजनितिक अवस्था जनताको आकांक्षाको ठिक विपरित गईरहेको बताउनु भएको    छ ।
सदभावना पार्टी जिल्ला कार्यसमिति पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनताको एजेन्डाको ठिक विपरित मुलुक गईरहेको हुनाले शान्ति, सविधान र मधेशीको अधिकारबाट बन्चित हुने भय सृजना भएको बताउनु भएको छ । उहाले सविधान सभाका प्रमुख तीन दलहरुको सकारात्क सोच, दृढईच्छा शक्क्ती र ईमान्दारिता नभएको कारण जनताको ईच्छा आकांक्षा पुरा हुन नसकेको बताउनु भयो । अध्यक्ष महताले एकिकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमालेको कारण शान्ति र सविधान हुन नसक्नु मुलुकको र्दुभाग्य रहेको बताउनु भयो । प्रमुख तीन दलको आन्तरिक झगडा, निजीस्वार्थ, कुर्सीको खिचातानीमा अल्झी मुलुकको मुल एजेन्डा पछि पार्दै गईरहेको भन्दै अध्यक्ष महताले नहुने एजेन्डा अगाडी सारिरहेका आरोप समेत लगाउनु भयो । उहाले नेपाली जनताले सविधान बनाउन २ वर्ष समय दिदा प्रमुख तीनदलको व्यक्तिगत स्वार्थमा समय वितेको आरोप लगाउदै १ वर्षभित्र सविधान जसरी पनि जारी गर्ने भनी नेपाली जनतालाई झुक्याएर म्याद थपिदा पनि पुरा गर्न नसेकेपछि पुन अन्तिम पटक जेष्ठ १४ गते राती प्रमुख तीन दलविच भएको ५ वुन्दे सहमतीको आधारमा सविधानको मस्यौदा पारित गर्ने सहमति अनुरुप तीन महिनाभित्र मस्यौदा ल्याउने म्याद थप गरिएपनि पुन निहित स्वार्थ कै कारण अब भदौ १४ गतेभित्र सविधानको मस्यौदा नआउने अवस्था देखिएको बताउदै अब नेपाली जनताले नछाडने चेतावनी समेत दिनुभयो । संघियता राज्यको पुर्न संरचना नभएसम्म आफनो शासन प्रशासन पाउने अवस्था नरहेको हुनाले मधेशी जनताको मुल एजेन्डा आफनो शासन प्रशासन, आफनो प्रदेश र प्रान्त सविधान निर्माण भएन भने संघियता पाउने अवस्था नदेखिएको हुनाले मधेशी जनताको चिन्ताको विषय भन्दै गईरहेको हुनाले आफनो अधिकार प्राप्तिका लागि एक जोटी पुन मधेशमा विद्रोह गर्नेे चेतावनी समेत दिनुभयो । उहाले तीन दल राज्य पुन संरचना आयोग गठन गरि संघियतालाई समाप्त पार्न षडन्त्र गरिरहेको हुनाले तीनदलको षडयन्त्रलाई समाप्त पार्दै सघियतालाई लागु गराउन राज्य पुर्नसरचना आयोग गठन हुन नदिने बताउनु भयो । पत्रकार सम्मेलनमा पार्टीका पर्सा जिल्ला अध्यक्ष नेजामुदिन समानीले आफनो अध्यक्ष पद विपिन यादवलाई हस्तान्तरण गर्नुभएको थियो । विगत ६ वर्षदेखि अध्यक्ष पदको राम्रो भुमिका निर्वाह गर्नुभएकोले समानीलाई पद हस्तान्तरण गरी केन्द्रिय कार्यसमितिमा पद सारिएको राष्ट्रिय अध्यक्ष महतोले बताउनु भयो ।

No comments:

Post a Comment