बीरगंज ८ भदौ/ ठाकुरराम कलेज वीरगंजका क्याम्पस प्रमुख कृपासिन्धु चौधरी तथा सहायक क्याम्पस प्रमुख कार्यकक्षमा विहीबारबाट अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
कलेजस्थित स्वतन्त्र विद्यार्थी युनियनका सचिव राकेश यादवको नेतृत्वमा रहेको समूहले उक्त तालाबन्दी गरेको गरेको हो । बिगतमा क्याम्पस प्रशासनलाई पेश गरी १८ सूत्रिय माग पत्र बारे कुनै सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गरिएको यादबले बताए ।
No comments:
Post a Comment