बीरगंज ३० श्रावण/ बीरगंज उमहानगरपालिका वडा नम्बर १ छपकैमा निर्माण हुन लागेको अस्थाई प्रहरी बिटको आज शिलान्यास गरिएको छ ।
सिनेमा हल अगाडी सडक छेउमा निर्माण गर्न लागिएको अस्थाई प्रहरी बिटको शिलान्यास पर्साका प्रहरी उपरीक्षक रमेश खरेले गर्नु भएको हो । सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरीको संयुक्त प्रयासमा प्रहरी बिटको निर्माण गर्न लागीएको हो । सामुदायीक सेवा केन्द छपकैयाका अध्यक्ष मनोज अर्यालले अगामी २ महिना भित्र प्रहरी बिट भवनको निर्माण कार्य सम्पन्न गरिने जानकारी दिनु भयो । वहाँले समादुयीक सेवा केन्द्र अन्तरगतको वडा नम्बर १, २ , ३ र ४ वटा वडामा बसोवास गर्ने सर्वसाधारणको सम्पुर्ण बिवरण सहितको कम्प्युटर सुचना प्रविधी समेत समुदायीक प्रहरी बिटमा जडान गरिने बताउनु भयो । सामुदायीक सेवा केन्द छपकैयाले बिरामी ओसार्नका लागि एम्बुलेन्स सेवा समेत संचालनमा ल्याउने घोषणा गरेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक रमेश खरेलले नेपालमै नमुना प्रहरी बिटको रुपमा स्थापना गर्न आफुले सक्दो सहयोग गर्ने जानकारी दिनु भयो । शिलान्यास कार्यक्रममा नेमवस ग्रुपका अध्यक्ष जगदीश अग्रवालले सामुहिक सेवा प्रहरी बिटको स्थापनाका लागि ५१ हजार रुपैया चन्दा दिने घोषणा गर्नु भयो । त्यसतै समाजसेबी शम्भु सरण कल्वारले ५५ हजार रुपैया, सामुदायीकका अध्यक्ष मनोज अर्यालले २५ हजार रुपैया, ज्ञासुदिन ठकुराईले ११ हजार रुपैया, गुप्ता पराठा हाउसका बिनोद गुप्ताले ५ हजार रुपैया, मुर्तुजा अंसारीले ७ हजार ५ सय रुपैया, रुपेश साहले ५ हजार १ सय रुपैया, राष्ट्रिय सरोकार मञ्च नारायणीका अञ्चल संयोजक नन्दकिशोर गोयलले एक हजार १ सय ५१ रुपैया चन्दा दिने घोषणा गर्नु भएको छ । कार्यक्रममा स्थानिय समाज सेबी शम्भु सरण कल्वार, उषा शाह, मनोज उपाध्याय लगायतले समुदाय र प्रहरी बिचको सम्बन्ध मजबुत बनाएर समाजमा अपराध न्युनिकरणका लागि सामुदायीक प्रहरीले निर्वाह गरेको भुमिका सराहनीय भएको बताउनु भयो ।
No comments:
Post a Comment