बीरगंज २४ श्रावण/ श्याम नवयुवक मण्डलले आज देखि वीरगंजको अलखियामठ नजिक रहेको टिवडेवाला धर्मशालामा १५ औं श्री श्याम झुला महोत्सव भव्यताका साथ आयोजना गरेको छ ।
प्रत्येक बर्ष झै विभिन्न कार्यक्रमको आयोजना गरिएको सो महोत्सवमा ज्योत प्रज्जवलित एवम् निशान पुजा, अखण्ड ज्योती पाठ, भजन किर्तन, पुन: भजन किर्तन प्रारम्भ, लड्डु गोपाल सम्मेलन, भव्य सृगार, ५६ भोग, भब्य श्रृगार प्रतियोगीता, ज्योती बिर्सजन, र निशान शोभा यात्रा हुने आयोजकले जनाएको छ । विहान करीव ८ बजे शुरु भएको शोभा यात्रामा आगराबाट आमन्त्रित राजु बावरा र जयपुरबाट आमन्त्रित रजनी राजस्थानी गोपाल खेमकाले विभिन्न सांगितिक प्रस्तुती दिने बताइएको छ । त्यसैगरी भोली विहान भजन किर्तन, दिउसो विर्सजन एवम् निशान्त सोभा यात्रा निकालिने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment