Pages

श्यामबाबालाई निशान चढाए

बीरगंज २५ श्रावण/ बीरगंजमा बसोबास गर्ने मारवाडी समुदायले श्याम झुला महोत्सवको अवसरमा आयोजना गरेको ५१ घण्टे झुला महोत्सव आज समापन गरेका छन् ।
बीरगंजको अलखियामठस्थित श्याम बाबाको मन्दिरमा श्रावण सुदी एकादशीको दिन पारेर शुरु गरेको ५१ घण्टे श्याम झुला महोत्सवको समापन भब्यताको साथ गरेका छन् । आज मारवाडी समुदायका महिला तथा पुरुषहरुले श्याम बाबाको मन्दिरबाट श्याम बाबाको निशान बोकी बीरगंज नगर परिक्रमा गरी पून श्याम बाबाको मन्दिरमा पुगी निशान चढाएर विधिवतरुपमा आज श्याम झुला महोत्सव समापन गरेका छन् । मारवाडी समुदायमा आफनो मनोकाक्षा पुरा भएपछि साउन महिनामा श्याम बाबाको मन्दिरमा श्याम बाबाको निशान स्वरुप झण्डा चढाउने गर्दछन् । यसो गर्नाले आउदो दिनमा पनि घर परिवारलाई राम्रो हुने मारवाडी समुदायको मान्यता रहेको छ ।

No comments:

Post a Comment