Pages

सचेतना केन्द्रहरुमा सामाग्रि वितरण

बारा २५ श्रावण/ जिल्ला बिकाश समिति अन्तरगतको स्थानिय शासन तथा सामुदायिक बिकाश कार्यक्रमको सहयोग तथा बारा उत्थान सेवा केन्द्रको आयोजनामा बारा जिल्लाका विभिन्न ५ वटा गा.वि.स.हरुका नागरिक सचेतना केन्द्रहरुमा दैनिक जिवनयापनका उपभोग्य बस्तुहरु वितरण गरिएको छ ।
मटिअर्वा, सिसहनिया, प्रस्टोका, बलिरामपुर तथा रघुनाथपुर गा.वि.स.का नागरिक सचेतना केन्दहरु्रमा सरसामानहरु वितरण गरिएका हुन् । बाल्टिन, त्रिपाल,कुर्सि,टेबल, तथा कालोपाटि ५/५ थान वितरण गरिएको छ । कार्यक्रमा सामग्रि वितरणको साथसाथै स्थानिय स्तरका समस्याका पहिचान, संकलन तथा त्यसको निराकरणको निम्ति सम्बन्धित निकाय सम्म कसरि पुर्याउने भन्ने सम्बन्धको पनि कार्यक्रम संचालन भएको  छ ।

No comments:

Post a Comment