Pages

चार ट्रयाक्टर धान बरामद

बीरगंज ३० श्रावण/  पर्साको सम्भौता गाबिसबाट आज बिहान प्रहरीले चार ट्रयाक्टर भारतीय धान बरामद गरेको छ ।
टिहुकी प्रहरी चौकीबाट खटीएको गस्ती टोलीले भारतबाट अवैध रुपमा ल्याईएको भारतीय धान सहितको ४ वटा ट्रयाक्टर बरामद गरेको हो । पशपतीपुर नारा हुदै राजश्व छलेर नेपाल भित्रयाईएको धान सहितको ट्रयाक्टर प्रहरीले बरामद गरेको हो । चारवटै ट्रयाक्टरमा करिब ४० कविन्टल धान रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको धान र ट्रयाक्टर टिहुकी प्रहरी चौकी मै राखिएको प्रहरी सहायक निरीक्षक उदयराज खड्काले जानकारी दिनु भयो । बरामद गरिएको चारवटा भारतीय ट्रयाक्टर मध्ये एउटाको मात्र नम्बर खुलेको र अन्यको नम्बर प्लेटनै नरहेको प्रहरीले जनाएको छ । गएको गस्ती टोलीलाई देखेपछि चालक र धान धनीहरु फरार भएको प्रहरीको भनाई छ ।

No comments:

Post a Comment