Pages

बिधुतको लाईन काटियो

बारा २५ श्रावण/ बाराको सदमुकाम कलैया स्थित कर कार्यालय तथा कलैया नगरपालिकाले बुझाउनुपर्ने बिधुत कार्यालयको बिधुत महसुल नबुझाएको कारण आज देखी दुइटै कार्यालयको बिधुत लाईन काटिएको छ ।
बिधुत प्राधिकरण बितरण शाखा कलैयाले बर्षौदेखीको बक्यौता रकम नतिरेको बताउादै दुइटै कार्यालयको बिधुत लाईन काटेको हो । कलैया नगरक्षेत्र भित्र सडक बाहेक कलैया नगरपालिका र कर कार्यालयको नाममा रहेको सम्र्पुण लाईन काटिएको बिधुत प्राधिकरण कलैया बितरण शाखाका ईन्जिनियर ऋषी बर्णवालले बताए । कलैया नगरपालिकाको नाममा रहेको पााच वटा मिटरमा ९ लाख ५६ हजार ७३ रुपैया ६३ पैसा र कर कार्यालय कलैयाको एक वटा मिटरको ४३ हजार ६ सय ५२ रुपैया ९४ पैसा बाकी रहेको ईन्जिनियर वर्णवालले बताए । सबैभन्दा बढी बाकी बक्यौता सरकारी कार्यालयमै देखिएकोले बिधुत चुहावट अभियान २०६८ अनुसार हामीले पहिले सरकारी कार्यालयबाट बाकी बक्यौता उठाउाने अभियान शुरु गरेको ईन्जिनियर वर्णवालले भने । यसैका साथै गाउा गाउामा हुक लगायर भईरहेको बिधुत चुहावट पनि रोकिने कार्य जारी रहेको उनले बताए ।

No comments:

Post a Comment