Pages

गोली प्रहारबाट शिक्षक घाइते

बीरगंज २० श्रावण/ बारामा अज्ञात समुहले प्रहार गरेको गोलि लागेर एक शिक्षक घाईते भएका छन् । शुक्रबार साझ सपही गाविस ५ स्थित घर जाने क्रममा उनमाथि गोलि प्रहार भएको हो ।
४० बर्षिय शिक्षक नरेश चौधरीलाई तामागढीबाट मोटरसाइकलमा घरतर्फ जादै गर्दा भिमसखुवा नजिकको जंगलमा ५/७ जनाको समुहले साँझ करिब साढे ७ बजे गोली प्रहार गरी घाइते बनाएको हो । उनी जिल्लाको प्रर्सौना स्थित जनता उच्च माविमा कार्यरत छन । सो समुहले चौधरीको ना. १६ पं. ९१८३ नम्बरको माटोरसाइकल समेत लुटेर लगेको छ । उनको पिठ्युमा एक गोली लागेको छ । घाइते चौधरीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारकोलागि राति नै काठमाण्डौस्थित शिक्षण अस्पताल लगिएको प्रहरी उपरीक्षक सुरेशविक्रम साहले बताए । घटनामा संलग्नहरुको खोजी भैरहेको उनले जानकारी दिए ।

No comments:

Post a Comment