वीरगंज १५ श्रावण/ लायन्स क्लब अफ वीरगंजले बीरगंज कारागारमा आयोजना गरेको स्वास्थ्य शिविरमा २ सय १० जना कैदी बन्दीहरुको चिनी रोगको स्वास्थ्य परिक्षणमा पुरुष तर्फ १० जनामा फेला परेको छ भने महिला तर्फ २४ जना मध्ये १ जनामा फेला परेको लायन्स क्लब अफ वीरगंजका अध्यक्ष प्रमोद कुमार कलवारले बताउनु भयो । ..........
लायन्स क्लब अफ वीरगंजले १ हजार ५० कैदीबन्दीहरु मध्ये कुल २ सय ५० जना कैदी बन्दीहरुलाईको स्वास्थ्य परिक्षण गरिएको थियो । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष प्रमोद कुमार कलवारको अध्यक्षतामा भएको सो कार्यक्रममा मनोहर टिबडेवाल, पवन मितल, अनिल तुल्सयान, आलोक जैसवाल, सुजित चन्द्र वर्मा, अभय कुमार दास, विनित जैसवाल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नेश्नल मेडिकल कलेजका चिकित्सक अमृत आचार्य, डा. राजेन्द्र घिमिरे र सोबुन्वर सुल्तानाले स्वास्थ्य परिक्षण गरेका थिए ।
No comments:
Post a Comment