वीरगंज ५ भदौ/ शस्त्र प्रहरीले गत आर्थि बर्षमा जिल्लाको बिभिन्न नाकाबाट ठूलो संख्यामा पशुपंक्षी तथा चौपाया बरामद गरेको छ ।
सिमा सुरक्षा कार्यालय पर्साका अनुसार, तस्करी गरी ल्याउदै गरिएको तथा तस्करीमा प्रयोग गरिएका चौपाया तथा पशुपंक्षी यसरी बरामद भएका हुन् । यस अवधिमा एक घोडा, २० भैंसी, १३ रांगा र चार वटा बोका बरामद गरिएको छ । त्यस अवधिमा, त्यसैगरी, छ सय ३५ गोटा कुखुरा, पाच हजार तीन सय ५० गोटा चल्ला, ४० किलो मासु, एक सय ३४ क्यारेट अण्डा, पाच कार्टुन र एक हजार छ सय ८० गोटा अण्डा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामप्रकाश श्रेष्ठले बताए ।
No comments:
Post a Comment