Pages

चरणबद्ध संघर्षमा

बारा ३० श्रावण/ नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघमा आबद्ध चार संघ सम्बद्ध यातायात ब्यवसायीहरुले आज विरगंजस्थित नारायणी अन्चल यातायात व्यवस्था कार्यालयमा धर्ना दिएका हुन ।
 उनीहरुले विहान दस बजेबाट एक घण्टा यातायात कार्यालयको मुलगेटमा घर्ना दिएका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष राम प्रसाद सुवेदीको नेतृत्वमा धर्ना दिइएको हो ।  मंगलबारदेखि आफूहरुको सवारी साधन यथास्थानमा एक घण्टा बन्द गर्ने कार्यक्रम रहेको सुवेदीले बताएका छन् । सरकारले आफूहरुको मागलाई तत्काल सम्बोधन नगरे भदौ १ गतेबाट अनिश्चितकालिन रुपमा सम्पुर्ण सवारी साधनहरु बन्द गर्ने सुवेदीले चेतावनी दिएको हो । उनीहरुको ४१ सूत्रिय मागहरुमा, सरकारसंग बिभिन्न मितिमा भएका सहमतिहरु कार्यान्वयन हुनु पर्ने, यातायातलाई अस्तव्यस्त पार्ने र निजि क्षेत्रको लगानी डुबाउने नियत बोकेर आएको बजेट बक्यव्यको यस सम्बन्धि प्रावधान खारेज गर्नु पर्ने लगायतका रहेको छ ।

No comments:

Post a Comment