Pages

मिडिया सम्बन्धमा अन्तक्रिया

हेटौंडा १५ श्रावण/ रिसु मिडिया एण्ड आर्टसले आज गायक हिमाल सागर तथा डिजराज पौडेल र स्वर सारथीका सहभागीहरु बीच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ............
तेस्रो चरणबाट चौथो चरणको अडिसनका लागी छनौटमा परेका सहभागीहरुको क्षमता अभिवृद्धिका लागी सहयोग पुगोस भन्ने उद्धेश्यका साथ गायक हिमाल सागर तथा डिजराज पौडेलसंग सहभागीहरुको अन्तरकृयागराइएको रिसु मिडिया  एण्ड आर्टसका प्रबन्ध निर्देशक रिपेश दाहालले बताउनुभयो । गायक हिमाल सागर र डिजराज पौडेलले आफुहरुले गायन क्षेत्रमा प्रवेशका क्रममा आफुहरुले संगाल्नु भएका अनुभवहरु सहभागी माझ बााड्नु भएको थियो भने सहभागीहरुले पनि आफ्ना जिज्ञासाहरु राखेका थिए । गायक हिमाल सागरले सुरुवातका दिनमा आफुले बाबुआमाको गाली खाएर पनि गीत गाउन नछोडेको र पछिल्ला दिनमा पाएको सफलताबाट भने अभिभावक पनि खुसी हुनुभएको अनुभव सुनाउनु भएको थियो । गायक डिजराज पौडेलले कला क्षेत्रमा प्रवेश गर्न चाहनेले कहिले पनि हरेश खान नहुने भन्दै सहभागीहरुलाई अथक मेहनतका साथ अघि बढ्न आग्रह गर्नु भयो । कार्यक्रम कोरिया ग्राफर दिपक गिरी, रिसु मिडिया एण्ड आर्टसका अध्यक्ष प्रकाश दाहाल, समृद्ध समाज दैनिकका सुरेश श्रेष्ठ लगायतकाको पनि उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment