काठमाडौ, १६ श्रावण/ नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया निश्कर्समा पुर्याउने निश्चित समयसीमा सहितको खाका ल्याए काग्रेसले संसदको अवरोध अन्त्य गर्ने बताएका छन् । ..............
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता केसीले काग्रेस लोकतान्त्रिक दल भएकोले जनताको आवाज रोक्ने गरी संसद अवरुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले वाईसीएलको अर्धसैनिक संरचना खारेजी, कब्जा गरिएका सम्पत्ति फिर्ता, हतियार र लडाकुको ब्यवस्थापन अन्र्तगतको रिगु्रपिङ, पुर्नस्थापनाको प्याकेज, संख्या र दर्जाको विषयमा समयसीमा सहितको प्रतिवद्धता आउनु पर्ने तर्क गरे । नेता केसीले पछिल्लो समयमा संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टी भित्र चलेको बहसमा काग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलका नेता बाहेकका नेता पनि प्रधानमन्त्री बन्न सक्ने स्पष्ट पारे । उनले भारतमा सोनिया गान्धी संसदीय दलको नेता हुादा हुादै मनमोहन सिह र नेपालमा झलनाथ खनाल संसदीय दलको नेता रहादा रहादै माधवकुमार नेपाल प्रधानमन्त्री बनेको उदाहरण प्रस्तुत गर्दै संसदीय दलको नेता परिवर्तन नगरी अन्य नेतालाई पनि प्रधानमन्त्री बनाउन सकिने दावी गरे । उनले भने–काग्रेस नेतृत्वको सरकार बन्ने अवस्थामा संसदीय दलको नेता बाहिरका नेता प्रधानमन्त्री बन्न सक्नु हुन्छ । संसदीय दलको नेता परिवर्तन गरेर पनि प्रधानमन्त्री बनाउन सकिन्छ । शान्ति प्रक्रिया र संविधानसभाको जिम्मेवारी पुरा गरेको काग्रेसको नेतृत्वमा मात्रै शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न सक्ने भन्दै उनले पााच बुादे सहमति कुनै पनि हालतमा कार्यान्वयन गरेर प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने तर्क गरे । नेता केसीले राजिनामा दिईसकेको प्रधानमन्त्रीले यतिवेला आएर सरकार विस्तार गर्नु संसदीय ब्यवस्थालाई चुनौति दिने असंसदीय ब्यवहार भएको आरोप लगाउादै सरकार विस्तार पााच बुादे सहमतिकोलागी चुनौति भएको दावी गरे । उनले माओवादीले मन्त्री परिषद गराउन भदौ १४ गतेसम्म लडाकुको रिगु्रपिङ गर्ने भनि गरेको प्रतिबद्धता झुठको खेती भएको दावी गर्दै यसमा अलिकति पनि विश्वास गर्ने आधार नभएको बताए । उनले भने–बााकी समयमा शान्ति प्रक्रीया निश्कर्समा पुग्न सक्दैन र संविधानको पहिलो एकीकृत मस्यौदा पनि सार्वजनिक हुन सक्दैन । माओवादी पछिल्लो प्रतिबद्धता झुठको पुलिन्दा हो । काग्रेसलाई त्यसमा रत्ति पनि विश्वास छैन । उनले तीन पार्टीले पााच बुादे सम्झौता गरे पनि सरकार माओवादी अध्यक्ष र प्रधानमन्त्रीवीच भएको सात बुादे सम्झौता अनुसार नै सन्चालन भईरहेको दावी गर्दै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित नभएसम्म प्रधानमन्त्री खनालले कुनै पनि हालतमा राजिनामा नदिने ठोकुवा गरे । उनले बाबुराम भट्टराई प्रधानमन्त्री नबन्ने निश्चित नभएसम्म पनि प्रधानमन्त्रीलाई प्रचण्डले राजिनामा दिन नदिने दावी गरे । संविधानसभाको म्याद फेरि थपिन्छ कि थपिदैन भन्ने जिज्ञासामा केसीले काग्रेस अर्को विकल्प विना मुलुकलाई सुन्यतामा लाने पक्षमा नरहेको स्पष्ट पार्दै अर्को उपयूक्त विकल्प नभएसम्म संविधानसभा कायम रहने संकेत गरे । पछिल्लो समयमा सभापति र केन्द्रीय कार्य समितिको अधिकारको विषयमा उत्पन्न विवादमा सहमतिको प्रयास भईरहेको भन्दै सहमतिमै विवाद टुङगो लाग्ने बताए । यद्यपि उनले विधानले कार्यसमितिको अधिकार भनेको ठााउमा सभापतिको र सभापतिको भनेको ठााउमा केन्द्रीय कार्य समितिको अधिकार भने कुने पनि हालतमा हुन नसक्ने स्पष्ट पारे ।
No comments:
Post a Comment