Pages

तीज कार्यक्रमको आरम्भ

बीरगंज ३ भदौ/ फेमिना ब्युटी पार्लर, सालुज ब्युटी पार्लर र ऐश्वर्या ब्युटी पार्लर बीरगंजको संयुक्त आयोजनामा मिसेज तीज प्रतियोगिता आज बीरगंजमा सम्पन्न भएको छ ।
स्थानिय होटल सुरजमा आयोजित प्रतियोगिताको मिसेज तीज २०६८ को शान्ति सिंह ठकुरी हुनु भएको छ । प्रतियोतामा निरा श्रीवास्तव, शान्ति सिंह ठकुरी, रेणु आर्चाय, बिना गुप्ता, सुनिता साह, रजनी झा, मिरा बुढाथोकी, निलु पटेल, ज्योती बर्मा, सरस्वती गुप्ता, रिता साह, ज्योती थापा लगायत सहभागी १४ जना महिलाहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्ने ब्यक्तिहरुलाई पुरस्कार बितरण गरिएको थियो । प्रतियोगीतामा मिसेज तीज सरस्वती गुरुङ्ग द्धितिय र निलुु पटेल तृतीय हुनु भएको हो भने सो प्रतियोगिताको निर्णायक मण्डलीमा सपना सिंह, उषा शाह र संतोषी पोदार रहनु भएको थियो । गुड्डी जोशी, सुधा थापा र रन्जना अधिकारीको संयुक्त अध्यक्षतामा भएको सो प्रतियोगितामा बीरगंजका विभिन्न समूहका महिलाहरुले तीज प्रतियोगिताको गीत तथा नृत्यमा भाग लिई नृत्य र गीत प्रस्तुत गरी दर्शकहरुलाई मनोरन्जन गराई आफ्नो मौलिक संस्कृतिको जगेर्नामा योगदान दिएका थिए । तीज प्रतियोगितालाई सफल बनाउनका लागि बिभिन्न प्रतिष्ठानले सहयोग पुर्‍याएका थिए । गढ्ीमाई एफ.एम.की उद्घोषिका लक्ष्मी खरेलको रोमाञ्चकारी उदघोषणले सो प्रतियोगिताको गरिमा अझ बढाएकी थिइन । यो प्रतियोगिताका सहयोगी जीण माता ईम्पोरीयम रहेको ईम्पोरियमका संचालक सज्जन अग्रवालले बताउनु भएको छ ।

No comments:

Post a Comment