Pages

स्थापना दिवसमा प्रभात फेरी

बीरगंज २३ श्रावण/ नेपाल आदिवासी जनजाती पत्रकार संघको १३ औ स्थापना दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालेको छ ।
बीरगंजको घण्टाघरबाट निकालीएको प्रभात फेरी माईस्थान, आदर्शनगर, अलखियामठ हुदै आदर्श थारु छात्रावासमा पुगेर बृक्षारोपन गरिएको थियो । नेपाल आदिवासी जनजाती महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष चक्रबहादुर शाक्य र जिल्ला वन कार्यालय पर्साकी वन अधिकृत सान्तामाया श्रेष्ठले संयुक्त रुपमा बृक्षारोपन गरी कार्यक्रमको उदघाटन गर्नु भएको हो । छात्रावासमा बिभिन्न २१ परजातीका बोटबिरुवाहरु रोपिएको छ । उक्त कार्यक्रमको समापन आदिवासी जनजाती पत्रकार संघ पर्साका अध्यक्ष कुलनारायण प्रधानले गर्नु भएको थियो ।

No comments:

Post a Comment