Pages

छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १२ कार्तिक/ बीरगन्जको घडीअर्वा स्पोटर्स क्लबले छठपूजाको अवसरमा आज  खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

घडीअर्वा छठघाटलाई यस बर्ष पनि दुलहीको घर झैं सिंगारिदै

बीरगंज १२ कार्तिक/ वीरगन्जमा छठ पर्वका लागि सूर्य आराधना गर्न ब्रतालुहरुको जमघट हुने घाटको सजावटमा प्रतिस्पर्धा हुने गरेको छ ।

पुरुषको मृत अवस्थामा शव फेला

बीरगंज १२ कार्तिक/ वीरगंज उपमहानगरपालिका वडा नम्बर १४ रानीघाट पुल नजिकै रुखमा झुन्डीएको एक पुरुषको शव फेला परेको छ ।

भईयादुज अर्थात भाई टिका सम्पन्न

वीरगंज ११ कार्तिक/ प्राचीन काल देखि नैं चल्दै आएको परम्परामा आधारित दिदी–बहिनी र दाजु–भाईहरुको पवित्र त्योहार भईयादुजको अवसरमा गाउा–शहरमा दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम सहि–सलामत राख्नको लागी आज भगवान गोवद्र्धनलाई पुजा अर्चना गरेका छन् , भने आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना समेत उनीहरुले गरेका छन् ।

आफनै दाईद्धारा घरमा आगजनी

वीरगंज ११ कार्तिक/ पर्साको प्रसुतीपुर गाविस वडा नम्बर ६ मा आफनै दाईद्धारा भाईको फुसको घरमा आज लगाईएको आगोले गर्दा घर लजेर नष्ट भएको छ ।

प्रहरीको उदन्डताका कारण पर्सावासी पिडित

वीरगंज ११ कार्तिक/ प्रहरीको बढदो उदन्डताका कारण पर्सा वासी दिनप्रति दिन पिडित बन्दै गईरहेका छन ।

रिक्साको लापवार्हीका कारण दुर्घटनाबाट जोगीयो

वीरगंज ११ कार्तिक/ ट्राफिक नियम उलङघन गरी वनवेमा प्रवेश गरेको रिक्साको लापरवाहीले गर्दा आज वीरगंजको मेनरोड पानीटंकी चौक अगाडी ठूलो दुर्घटना हुन बाट टरेको छ ।

मैथिली रेडियो नाटक सङ्गोर विशेष कार्यक्रम

बीरगंज ५ कार्तिक/ पूर्वी तराईको लोकप्रिय मैथिली रेडियो नाटक श्रृखला “ सङ्गोर ” ले आफनो १०० औ अंक पुरा गरेको अवसरमा आज बीरगंजमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

हिन्दी तथा नेपाली स्टार बीरगंज आउने

बीरगंज ५ कार्तिक/ ओरिएन्टल इभेन्टस नामक संस्थाले बीरगंजमा पहिलोपटक हास्य तथा मनोरंजानात्मक कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

कानुन ब्यवसायीद्धारा गोष्ठी संचालन

बीरगंज ५ कार्तिक/ नेपाल वार एशोशिएसनका केन्द्रीय अध्यक्ष प्रेम बहादुर खडकाले महान्यायधिवक्ता मुक्ति प्रधानले मुद्धा नचलाउनु भनेर दिएको निर्देशनलाई उहाको पूर्ण बदमाशी हो भनेर बताएका छन् ।

रक्तदान कार्यक्रम सम्पन्न


बीरगंज ५ कार्तिक/ दिपावली तथा छठ पर्वको अवसरमा कुर्मी सशक्ती करण मंच पर्साले आज रक्तदान कार्यक्रम समपन्न गरेको छ ।

जनता र प्रहरी बीचको अन्तरक्रिया


बीरगंज ५ कार्तिक/  वडा प्रहरी कार्यालय श्रीपुरले स्थानिय जनता र प्रहरी बीचको अन्तरक्रिया आज सम्पन्न गरेको छ ।

बाल चित्रकला प्रतियोगीता

बीरगंज ४ कार्तिक/ बीरगंज उपमहानगरपालिकाको सहयोगमा बाल चित्रकला प्रतियोगीता कार्यक्रम आज एक समारोहका बीच समपन्न भएको छ ।

लत्ताकपडा वितरण

बीरगंज ४ कार्तिक/ पर्साको विन्दवासिनिका दलित परिवारलाई आज एक कार्यक्रमका विच लायन्स क्लब अफ वीरगंज राइजिङले लत्ताकपडा तथां फलफुल वितरण गरेको छ ।

मजदुरलाई काममा फर्कन डाबरको आग्रह

बीरगंज ४ कार्तिक/ विगत ३ दिन देखि ठप्प बीरगंज–पथलैया औद्योगीक करीडर अन्र्तगत बाराको रामपुर टोकनीमा रहेको डाबर नेपाल प्रालीले काममा फर्कन मजदुरहरुलाई आग्रह गरेको छ ।

खरेलको संभावित सरुवाको बिरोध

बीरगंज २ कार्तिक/ पर्साका प्रहरी उपरिक्षक रमेश खरेलको हुने भनिएको संभावित सरुवाको विरोध गर्दै वीरगंजका हलुका यातायात व्यवसायीहरुले आज वीरगंजमा विरोध र्‍यालि निकालेका छन् ।

विद्युत चोरी गर्ने ६ पक्राउ

बीरगंज २ कार्तिक/ विद्युत चोरी गरीरहेको अवस्थामा आज पर्साको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

फैजान प्रकरण, प्रशासन घेराउ र ज्ञापन

बीरगंज २ कार्तिक/ फैजान अहमदका हत्यारालाई अविलम्ब पक्राउ गरि कारवाहि गर्नु पर्ने लगायत ९ सुत्रिय माग राख्दै इस्लामिक संघर्ष समिति पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

वार्षिक समिक्षा गोष्ठी

बीरगंज २ कार्तिक/ स्थानिय विकास मंत्रालय द्धारा संचालित स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम सामाजिक परिचालन कार्यक्रमको आज वीरगंजमा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

व्यवस्थापन सम्बन्धीक अन्तरक्रिया

बीरगंज २ कार्तिक/ पशुहाट बजार व्यवस्थापन सम्बन्धीक एक दिने अन्तरक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

प्रहरी उपरीक्षक खरेल द्वारा प्रहरी बिटको उदघाटन

बीरगंज १ कार्तिक/ बीरगंज उपमहानगरपालिका वडा नम्बर २ छपकैयामा नव निर्मित प्रहरी बिटको आज एक समारोहका बीच उदघाटन भएको छ ।

कम्प्युटर पड्किदा प्रहरी हवल्दारको मृत्यु अर्का असई घाइते

बीरगंज १ कार्तिक/ वीरगंज भंसार कार्यालयस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको संचार कक्षमा चलाई राखेको कम्प्युटरको मोनिटर पडकिदा आज एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ भने प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।

प्रहरी दिवसको अवसरमा बिभिन्न कार्यक्रम

बीरगंज १ कार्तिक/ सेवा नै धर्म हो भन्ने नाराका साथ ५६ औ नेपाल प्रहरी दिवसको अवसरमा आज बीरगंजमा शान्ति र्‍याली निकालीएको छ ।

खरेलको सरुवा रोक्न हस्ताक्षर

बीरगंज ३० असोज/ पर्सा प्रहरीमा प्रमुख रमेश खरेलको सरुवाको विषयमा आज वीरगंजको घण्टाघर चोकमा हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

छठ पर्वको लागि उपसमिति गठन

बीरगंज २९ असोज/  हिन्दुहरुको महान चाड छठ पर्वलाई प्रत्यके बर्ष झै यस बर्षपनि भब्यताका साथ सम्पन्न गर्नका लागि छठ पुजा ब्यवस्थापन समिति घडिअर्वाको आज बसेको बैठकले बिभिन्न उप समिति गठन गरेको छ ।

प्रहरी दिवसमा मन्दिरको सरसफाई

बीरगंज २९ असोज/ ५६ औ नेपाल प्रहरी दिवसको अवसरमा आज पर्सा प्रहरीले बीरगंजमा सरसफाई गरेको छ । बीरगंजमा रहेको बिभिन्न मठ मन्दिरहरुमा सरसफाई गरेको हो ।

प्रहरी दिवसको उपलक्ष्यमा वक्तृत्वकला

बीरगंज २९ असोज/  सेवा नै धर्म हो, नेपाल प्रहरी दिवस अमर रहोस भन्ने नाराका साथ ५६ औ नेपाल प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी एवम् नागरिक बिषयक एक दिने वक्तृत्वकला प्रतियोगिता आज बीरगंजमा सम्पन्न भएको छ ।