Pages

प्रशासन कार्यालय घेराउ

बारा, ५ भदौं/ शान्ति र सविंधानको लागि दवाव दिने उद्देश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन बाराको आयोजनामा आज १ घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।
केन्द्रिय कार्यक्रम अनुरुप अखिलले जिल्ला प्रशासन कार्यालय घेराउ गरी भरत चौकमा पुगि कोण सभामा सम्पन्न भएको थियो । युनियनका जिल्ला अध्यक्ष इमरान आलमको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथी अखिलका मध्यमाञ्चल ब्युरो प्रमुख जवाहिर अंसारीले भने “शान्ति र सविधान सहमतिय सरकार बिना आउन नसक्ने बताउादै अबको सरकार सहमतिय हुनु पर्ने भन्दै जोड दिएका थिए । कार्यक्रममा युनियनका केन्द्रिय सदस्य फर्मुल्लाह मंसुर, यूवा संघका जिल्ला अध्यक्ष धु्रव यादव, मुकेश पासवान, मनोज दास लगायतको उपस्थिती रहेको थियो । 

No comments:

Post a Comment