Pages

स्वेच्छा भईन पहिलो मिस नारायणी’












बीरगंज २२ श्रावण/ वीरगंज १५ की १६ बर्षिया स्वेच्छा शाह पहिलो मिस नारायणी भएकी छिन् ।
द लिड इन्रटेन्मेन्ट एण्ड एडभरटाइजिंगले शनिबार साझ वीरगंजको नगर सभागृहमा आयोजना गरेको पहिलो मिस एण्ड मिस्टर नारायणी प्रतियोगितामा शाहले पाच प्रतिस्पर्धीलाई उछिन्दै  उपाधि हात पारिन् । कक्षा ११ की छात्रा स्वेच्छाले भविष्यमा सुपर मोडल बन्ने सपना बुनेकी छिन् । उनलाई प्रतियोगिताका निर्णायक चर्चित गायक एवम् म्युजिक भिडियो निर्देशक बादल प्रसाईले आफ्नो आगामी म्युजिक भिडियोमा अभिनय गराउने घोषणा समेत गरे । सेकन्ड रनर अप सम्झना रेग्मी र फस्ट रनर अप नैनतारा साह भए । त्यसैगरीे २१ बर्षिय सन्देश खडकालाई पहिलो मिस्टर नारायणी घोषित भए । सेकेन्ड रनर अप गोबिन्द सोनी र फस्ट रनर अप सुरज सर्राफ भए । यस अघिनै अडिसनमा ३० प्रतिस्पर्धीबाट छानिएर फिनालेमा आई पुगेका १३ प्रतियोगिहरुले ट्यालेन्ट राउण्ड,फ्रि स्टाइल र ट्ेरडिसनल राउण्ड गरी तीन राउण्डमा आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । निर्णायकहरुमा बादल प्रसाई, रविन्द्र श्रेष्ठ, गौतम खडगी, संजय चौधरी, रोशन श्रेष्ठ र भिम लिम्बु रहेका थिए ।

No comments:

Post a Comment